रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी प्यानल विजयी

लाल बहादुर एसके/कलकत्ता,

बेलौरी नगरपालिका ८ कलकत्तामा रहेको रामपुर बहुुमुखी क्याम्पसमा क्रान्तिकारीको प्यानल निर्वाचित भएको हो ।

 

आईतबार दिउँसो सम्पन्न मत गणना अनुरुप क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार सरस्वती तिरुवाको प्यानलै निर्वाचित भएको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्टले उक्त क्याम्पसमा क्रान्तिकारीको सिङ्गो प्यानलै निर्वाचित भएको बताए ।
क्रान्तिकारीकी उम्मेदवार तिवारुले अनेरास्ववियु र नेवि संघका उम्मेदवारलाई हराउँदै सभापपतिमा निर्वाचित भएका छिन ।

क्रान्तिकारीकी तिरुवाले १५, नेवि सघका धनीराम चौधरीले ५ अनेरास्ववियुका बिमला रेग्मीले ४ मत ल्याएका छन । सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन ।

रमिता चौधरीले १७, अनेरास्ववियुकी सोभा विष्टले ३, नेवि संघका सिता पुजाराले ३ र कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६, अनेरास्ववियुकी निसा विकले ३ र नेवि संघका लिला रानाले ५मत ल्याएकी छिन ।

सदस्य तर्फ क्रान्तिकारीकै वविता चौधरी, निशा लम्साल र राजेश्वरी राना निर्वाचित भएकी छिन । निर्वाचित क्रान्तिकारी प्यानललाई अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्ट र संयोजक भुवन विष्ट सहितका नेताहरुले बधाई तथा शुभकामना दिएका छन ।
कञ्चनपुरका ६ क्याम्पसमा निर्वाचन मध्ये उक्त क्याम्पसमा अखिल क्रान्तिकारीले पहिलो जित हासिल गरेको छ । अन्य क्याम्पसमा निर्वाचन जारी छ । रामपुर बहुुमुखी क्याम्पस प्रमुख एव निर्वाचन अधिकृत मदन बहादुर चन्दले निर्वाचित टिमलाई प्रमाण पत्र हस्तान्तरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित