रौलेश्वरमा सचिव बाहेक अनेरास्ववियुको पुरै प्यानल विजयी

259
VIEWS

बेलडाँडी,
रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा सचिव बाहेक अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ ।

आईतबार भएको स्ववियु निर्वाचनमा रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापतिमा दिलेन्द्र प्रशास बडु निर्वाचित भएका छन् ।

बडुले नेविसंघका गजेन्द्र उपाध्यायलाई २९ मतान्तर हराएका हुन् । बडुले १०९ मत ल्याएका थिए भने उपाध्यायले ८० मत ल्याएका थिए । यस्तै सचिवमा नेविसंघका दिनेश जोशीले ९५ मत, उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका भाष्कर भट्टले ९३ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा १०९ मत सहित अनेरास्ववियुका भानुमी ऐरी निर्वाचित भएका छन् । उहाँका प्रतिस्पर्धी नेविसंघका कविता शाहीले ८३ मत प्राप्त गरेका थिए । सदस्यहरूमा अनेरास्ववियुका बलसिंह बुढाले ११३, बसन्ती डगौराले ११०, लक्ष्मण भट्टले १०६, वविता बमले १०६ र बिपना ताम्राकारले ९६ मत प्राप्त गरी निर्वाचित भएको क्याम्पस निर्वाचन कार्यालयले जनाएको छ ।

नेविसंघ प्यानलबाट सदस्यका उम्मेदवार दीपेन्द्र भट्टले ९५, शिल्पा गिरीले ८४, पूजा दमाईले ८२, हिमांशु विकले ८१ र विमला लुहारले ७८ मत प्राप्त गर्दै हारबेर्होनु परेको थियो । यस क्याम्पसमा अनेरास्ववियु नेविसंघ अखिल क्रान्तिकारी लगायतका संठनहरु सितको गठवन्धनका विरुद्ध एक्लै चुनावी मैदानमा होमिएको थियो ।

उक्त क्याम्पसमा जम्मा २६९ विद्यार्थी रहेका थिए भने १९३ मत मात्र खसेका थिए ।

सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार