सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा चैत २१ गते स्ववियु निर्वाचन हुने

39
VIEWS

कञ्चनपुर,
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ।

 

यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि सोमबार क्याम्पस प्रशासन र दर्ता भएका संघ संगठनका प्रतिनिधिबिच चैत २१ मा निर्वाचन गर्ने सहमति भएको हो ।

अनेरास्ववियु सुप विश्वविद्यालय राष्ट्रिय कमिटि उपाध्यक्ष रविन नाथले सोमबार विद्यार्थी संघ संगठन र क्याम्पस प्रशासनविच कार्य तालिका संशोधन एव चुनावको मिति तय गर्ने सहमती भएको बताए ।

 

विश्वविद्यालयले विद्यार्थी संघ संगठनकै सहमतिमा केन्द्रीय र आंगिक सबै क्याम्पसमा चैत ८ मा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । केन्द्रीय क्याम्पसमा विद्यार्थी भर्ना सम्बन्धी विवादका कारण निर्धारित मितिमा निर्वाचन हुन सकेको थिएन ।

 

‘सबै विद्यार्थी भर्ना हुन नसकेका कारण भर्ना हुने समयका लागि केही विद्यार्थी संगठनले विरोध गरेका थिए,’ केन्द्रीय क्याम्पसका निर्वाचन अधिकृत तोरण भट्टले भने, ‘अब भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भयो ।’

 

विश्वविद्यालयले चैत ८ मा तोकेको निर्वाचन अन्तर्गत ५ आंगिक क्याम्पसमा अझै विवाद रहेको छ। एक क्याम्पसमा यसअघि नै सहमतिमा स्ववियु नेतृत्व चयन भइसकेको विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले बताए । चैत ८ मा १० वटा आंगिक क्याम्पसमा निर्वाचन हुनेछ । विश्वविद्यालयमा केन्द्रीय र आंगिक गरि १६ क्याम्पस रहेका छन् ।

निर्वाचन अधिकृत भट्टका अनुुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीलाई निर्वाचनमा सहभागी हुन दिने सहमति भएको छ । सोमबार भएको छलफलमा केन्द्रीय क्याम्पसमा दर्ता भएका ८ वटै विद्यार्थी संघ संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार