नव गायक दीपक राज जोशीको ‘निष्ठुरीको माया’ बजारमा आउँदै

262
VIEWS

कञ्चनपुर,

बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ०१ रिमका नव गायक दीपक राज जोशीको नयाँ गीत बजारमा आउँदै छ।

 

उनको नयाँ गीत केही दिनमा नै बजारमा आउने जोशीले जानकारी दिए। प्रभास पन्तको लय/शब्द रहेको ‘निष्ठुरीको माया’ बोलको गीत अलिशा रेकर्डिङ स्टुडियोमा रिकर्ड गरिएको उनले बताए।

उक्त गीतको भिडियो तपेन्द्र तिवारीले छायांकन गरेका छन् भने गीतमा गायक दीपक राज जोशी, प्रभास पन्त र सरिता जोशीको अभिनय रहेको गायक जोशीले बताए। सँगै घरबार गर्ने बाचा तोडिएको र अहिले समाजमा भएको प्रेम जोडीको कथालाई गीतले सम्बोधन गर्ने प्रयास गरेको गीतका गायक जोशीले बताए।

उनले भने ‘सँगै घरबार गर्ने बाचा तोडेर प्रेमिकाले अरूको साथ रोजेको कहानी गीतमा सम्बोधन गर्ने प्रयास गरेका छौँ।’ गीत केही दिनमै सुदूरपश्चिमको कला, साहित्य, संस्कृति, तथा मौलिकतालाई जोगाउन लामो समयदेखि युवा गीत संगीत तथा अन्य कलात्मक सामग्रीहरूलाई जीवन्त राख्दै आएका युवा प्रकाश कलौनीको युट्युब च्यानल सुदूर खबर वान बाट सार्वजनिक हुने गायक जोशीले बताए।

कलौनी संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, देउडा खेलहरू लामो समयदेखि आफ्नो च्यानलमा अपलोड गर्दै सुदूरको संस्कृति बारे ज्ञान दिँदै आएका छन्।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार