सुप-इन्जिनियरिङ् विद्यार्थी समाजका महासचिव धामीद्वारा स्यानेटरि प्याड बक्स हस्तान्तरण

74
VIEWS

प्रकाश भट्ट/कञ्चनपुर,

पछिल्लो समय महिनावारीको समयमा आधुनिक स्यानेटरि प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ।

 

महिनावारीको समयमा हुने सङ्क्रमणबाट बच्न स्यानेटरि प्याड सुरक्षित मानिन्छ। यसैगरी सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ् अन्तर्गत रहेको विद्यार्थीहरूको साझा एवं गैरराजनैतिक र गैर नाफामुखी सङ्गठन “इन्जिनियरिङ् विद्यार्थी समाज” का महासचिव जनक सिंह धामीले आफ्नो २२ औँ जन्मोत्सवको अवसरमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत रहेका सम्पूर्ण विभागहरूमा स्यानेटरि प्याड बक्स सहित हस्तान्तरण गरेका छन् ।

 

सोमबार एक कार्यक्रमका बिच सम्पूर्ण विभागका विभागीय प्रमुखहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा आफ्नो जन्मोत्सव मनाएर स्यानेटरि प्याड बक्स हस्तान्तरण गरेको धामीले बताए।

उनले भने ‘सानो भए पनि जन्मदिनको अवसरमा उक्त कार्य गर्न पाउँदा खुसी भएको छु ।’ धामीले आगामी दिनहरूमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन्।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार