कञ्चनपुर,
सुदूपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियू असहमत भएको छ ।
सुप केन्द्रीय क्याम्पस महेन्द्रनगरको स्ववियु चुनाव बारे नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू सहमत भएको हो ।
विश्वविद्यालयले कार्यबिधी संशोधन बिनै चुनाव गरेर विद्यार्थीको हक अधिकार कुण्ठित गर्न खोजेको भन्दै अनेरास्ववियू २१ चैत्रमा चुनाव गर्न असहमत भएको छ । सोमबार सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख कुम्भ बहादुर चन्दको अध्यक्षमा बसेको बैठकले विद्यार्थी भर्नादेखि निर्वाचन कार्यतालिका सशोधन गरेर चुनाव गर्ने सहमती भएको थियो ।
नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा बहुमत, राप्रपा निकट लगायतका विद्यार्थी संगठन सहमत भएपनि समाजवादीले विद्यार्थीको हक अधिकार कुण्ठित हुने गरि चुनाव गर्नु उपयुक्त नहुने भन्दै संशोधन हुनुपर्ने माग अघि सारेको छ ।
अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले स्ववियू निर्वाचन बारे कार्यबिधी संशोधन हुनुपर्ने बताए । ‘आगामी २६मा विश्वविद्यालयले दिक्षान्त समारोह राख्दै छ, ‘उनले भने, ‘त्यस अघि प्रिसिनेट बस्छ, ‘उनले भने, ‘उतिबेला संशोधन गरे भईहाल्यो ।’
अहिले स्ववियु निर्वाचन गरेर विद्यार्थी आन्दोलन भट्खालोमा हाल्ने काम भएकाले सबै विद्यार्थी संघ संगठनहले समयमै सोच्नुपर्ने बताए ।
Discussion about this post