बेलौरी,
बेलौरी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ठाउँको खोजी गरिरहेको छ ।
बेलौरी क्षेत्रमा पछिल्लो समयमा फोहोर व्यवस्थापन गर्न समस्या हुनथालेपछि पालिकाले यसको व्यवस्थापनका लागि ठाउँको खोजी भईरहेको जनाएको छ ।
अधिकांस बजार क्षेत्रबाट निस्किने फोहोरका कारण बजार अस्तव्यस्त बन्दै गरेपछि पालिकाले यसको दिगो व्यावस्थापनका लागि पहल थालेको छ ।
बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका अनुसार आफुहरु फोहर व्यवस्थापनका लागि ठाउँको खोजीमा रहेको बताए । फोहोरका कारण बन्दै गएको अस्तव्यस्तता प्रति चिन्ता गर्दै प्रमुख चौधरीले यसको व्यवस्थापन छिट्टै गरिसक्ने बताउनु भयो । उनका अनुसार व्यवस्थापनका लागि २ बिघा सम्म जमिन खोजी गरेको तर केहि व्याक्तिहरुले अनावश्यक फोहोरको टिकाटिप्णी गर्दै व्यवस्थापनमा समस्या उत्पन्न गर्न थालेको बताए । व्यवस्थापनका लागि सबै पक्ष सक्रिय हुन जरुरी भएको बताए ।
यस्तै बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकले अहिले तत्काल खाल्डो खन्दै खाल्डोमा फोहोर हालेर अस्थायी रुपमा व्यवस्थापन गर्न थालेको बताए । सबै पक्षलाई जमिन खोजी गर्न पालिकाले पहल गरेको बताउदै यसमा सबैको समझदारी हुन जरुरी रहेको जनाए । उनका अनुसार बेलौरी नगरपालिकामा फोहोर व्यवस्थापनका लागि भन्दै रु. २ करोड ५० लाख रकम विशेष अनुदान रहेको र समयमै ठाउँको खोजी गर्न नसके फिर्ता हुनेमा चिन्ता व्यक्त गर्नु भयो ।
विगतमा बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगर सामुदायिक बन परिसरमा पालिकाले फोहोर फाल्ने गरेको थियो । बन परिसरमा प्रतिकुल असर पर्ने गरी जथाभाबी फोहोर फाल्ने गरेको जनगुनासो बढेपछि कुण्डा सवडिभिजन बन कार्यालय पच्कडियाले उक्त कार्य नगर्न नगराउन नगरपालिकालाई परिपत्र गरेको थियो ।
Discussion about this post