कांग्रेस र जनमोर्चाको गठवन्धन अनुसार बेलडाँडी उपप्रमुख जनमोर्चाको भाग, नाथ र थापा बीच को हुने गठवन्धको आधिकारिक उम्मेदवार ?

बेलडाँडी,
आसन्न ३० गते हुने निर्वाचनमा केन्द्रिय सहमति अनुसार बेलडाँडी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस बीच गठवन्धन हुने सहमती भएको थियो । केन्द्रिय सहमति अनुसार बेलडाँडीमा उपाध्यक्ष पद जनमोर्चाको भाग लागेको छ भने अन्य सबै भाग कांग्रेसको लागेको जनाइएको छ ।

तर बेलडाँडीमा कांग्रेसले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवार उठाइ सकेको छ भने जनमोर्चाले समेत सहमति अनुसार आफ्नो उम्मेदवार उठाइ सकेको छ । नेपाली कांग्रेसले शान्ती नाथलाई उठाएको छ भने राष्ट्रिय जनमोर्चाले रोसना थापा मगरलाई उठाइ सकेका छन् । गठवन्धनको सहमति अनुसार आज कांग्रेसले आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता लिनुपर्ने हुन्छ । तर यहाँ नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य दिवान सिह बिष्ट आफ्नो उम्मेदावरलाई फिर्ता गराउनुको साटो जनमोर्चाका नेताहरुलाई तपाईको उम्मेदवार फिर्ता लिनु पर्यो भन्ने दवाव बनाइ राखेका छन् ।

जनमोर्चाले सहमती अनुसार आफ्नो उम्मेदवारी फिर्ता नलिने जनाएको छ भने आज गठवन्धनको आदेश पर्खाइमा जनमोर्चा छ । जनमोर्चाले अन्य जिल्लामा आफ्नो आधार इलाकामा समेत कांग्रेसलाई सहयोग गरेको कारण कांग्रेसले बेलडाँडी उपाध्यक्ष जनमोर्चालाई दिने सहमति गरेको जनमोर्चाका एक नेताले बताए । तर आन्तरिक भागवण्डामा फसेको का्रग्रेसले गठवन्धनको सहमति आफै लत्याए आफैलाई घाटा हुने देखिएको छ । उक्त घाटाबाट पाटीलाई जोगाउन माथिल्लो कमिटिबाट आफ्ना उम्मेदवारलाई फिर्ता लिन पार्टी पंतिमा निर्देशन भइसकेको छ ।

ती नेताले भने आफुहरु पार्टी र गठवन्धनको निर्देशनमा बसेका छौं गठवन्धनले आफुहरुलाई निर्देशन गरे अनुसार आफ्नै चुनाव चिन्ह देखि उम्मेदवारी दिएका छौं । केहि छिनमै आदेश आउने र आदेश अनुसार जाने बताए ।

यता बिष्ट गुटकै नेताहरु विच भागवण्डा लागेकाले अध्यक्ष उपाध्यक्ष र वडाध्यक्षहरु सबै उनी प्यानकै छन् । उनी प्यानलकै उपाध्यक्ष पदका उम्मेदवार बनेकी नाथले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने जनाइराखेकी छिन् ।

सबैको ध्यान कसको उम्मेदवारी सदर हुने भन्ने तिर चासो देखिएको छ । स्थानीयका अनुसार गठवन्धन हो भने गठवन्धन अनुसार जानुपर्ने बताए । बेलडाँडीको सवालमा सांगठनिक रुपमा जनमोर्चा कमजोर होला तर आफु बलियो भएको ठाउँमा समेत कांग्रेसलाई जनमोर्चाले नेत्रित्व दिएको छ । त्यसैले जनमोर्चाकै उम्मेदवारलाई दुइपार्टी विचको गठवन्धन मान्नुपर्ने कांग्रेस नेताहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित