लगातार तेस्रोपटक जनजाति महासंघ बेलडाँडी अध्यक्षमा सुरेन्द्र राना

162
VIEWS

बेलडाँडी,
लगातार तेस्रो पटक अादिवासी जनजाति महासंघ बेलडाँडी नगर समन्वय समितिको अध्यक्षमा सुरेन्द्र राना चयन भएका छन् ।

बेलडाँडीमा अाज शुक्रबार शुरू भएको चाैथो नगर अधिवेशन बाट रानाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

अध्यक्षमा सुरेन्द्र राना, वरिष्ठ उपाध्यक्ष नरेश थापा मगर,महिला उपाध्यक्ष फुलदेवी राना,सगुना राना,मुख्यसचिव दिनेश भुजेल, सचिव वीर बहादुर चाैधरी,कोषाध्यक्ष जयराज चाैधरी, सदस्यहरू श्याम बहादुर मगर, निलम राना,भावना चाैधरी र छिद्दु राना चयन भएका हुन् ।

नयाँ समितिलाई बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले शुभकामना दिदै अादिवासीहरूले नयाँ ढंगले जानू पर्ने बताए ।
उहाले भने अहिले कञ्चनपुर कैलालीमा लागु अाैषधमा बढी जसो जनजाति युवाहरूको संलग्नता देखिन थालेकाले चिन्ता व्यक्त गर्दै न्युनिकरणमा यश समितिले विशेष जोड दिनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रम सुरेन्द्र रानाको सभापतित्वमा प्रमुख अतिथि गाउँपालिका प्रमुख हरिश्चन्द्र राना, नेपाल अादिवासी जनजाति जिल्ला अध्यक्ष विकास श्रेष्ठ , लगायतकाहरूको उपस्थितिमा सानू चाैधरीले कार्यक्रम संचालन गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार