बैतडीमा तीन दिनदेखि एक महिला बेपत्ता

103
VIEWS

बैतडी,
बैतडी-मेलौलीकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन।

मेलौली नगरपालीका १ जर्कु सैनीकी २० बर्षिया पार्वती खत्री नायक बेपत्ता भएको पारिवार श्रोतले जनाएको छ।

यहि चैत्र १६ गतेका दिन घरबाट एक्कासि हिडेकी उनी अहिले सम्म सम्पर्कमा नअाएको जनाईएको छ । हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेका पार्वतीका श्रीमान सागर सिह नायकले आफ्नो श्रीमती खोजि गरिदिन आग्रह गरेका छन।

घरमा कसैसगं झै–झगडा पनि नभएको र परिवार संग राम्रै सम्बन्ध भएको श्रीमानले बताए। माईतिघर शिबनाथ गाउपालिका–०४ पिपलकोट र आफन्त सबैको घरमा खबर गर्दा पनि कतै सम्पर्कमा नआएको बताए।

४ बर्ष अगाढि बैबाहिक सम्बन्धमा बाधिएकी श्रीमती एक्कासी हराउदा घरपरिवार चिन्तित बनेका छन् । कसैले कहि कतै देखेमा खबर गरिदिन आग्रह गरिएको छ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार