बारा पुगे उपेन्द्र यादव उम्मेदवारी दर्ता गराउन

1
VIEWS

काठमाडौँ :

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवारी दिनका लागि बारा पुगेका छन् । बारा–२ लगायत तनहुँ–१, चितवन–२ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गराउने समय तालिका रहेको छ । बारा–२ मा हुने उपनिर्वाचनका लागि जसपाले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेसँग उनी आजै बारा पुगेका हुन् ।

सप्तरी–२ बाट चुनाव हारेका अध्यक्ष यादव बारा–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएका छन् । बारा–२ बाट प्रतिनिधिसभा चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो । खाली भएको क्षेत्रमा भइरहेको उपचुनावमा जसपाका तर्फबाट अध्यक्ष यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने घोषण गरेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार