जिप दुर्घटना हुदा एक जनाको मृत्यु ११ जना घाईते

16
VIEWS

बैतडि:

बैतडि जिल्लाको पञ्चेश्वरमा जिप दुर्घटना भएको हो। देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ तिलकपुर भीटामा जिप दुर्घटना भएको हो।

गणमेश्वरबाट देहीमाण्डौं आउँदै गरेको से १ ज २९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

जिप दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसहित ३० जनाको उद्धार टोली घटनास्थलमा पुगेको छ। ब्रेक फेल भएर जिप दुर्घटनामा परेको बताइएको छ।

भने १२ जना सवार रहेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ। अन्य ११ जना घाइते छन्। उनीहरुको उद्धार कार्य भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार