एमालेको ग्रासरूट अन्तर्गत बेलडाँडीमा किसानका गहुँकाटेर जनश्रमदान गरिदै

बेलडाँडी,
नेकपा (एमाले)को दुई महीने ‘मिसन ग्रासरूट’ अन्तिम अन्तिम चरणमा पुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ‘मिसन ग्रासरूट’ को शुरूआत गरेका थिए। पार्टी सुदृढीकरण तथा विस्तारका लागि अभियानको शुरूआत गरेका थिए ।

दुई महीने अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तर्क्रिया र जनश्रमदान जस्ता कार्यक्रम चलाएका थिए । यससँगै पार्टीभित्रको अन्तर्विरोध बुझ्ने, स्थानीय तहको समस्या बुझ्ने र हल गर्ने कार्य समेत गरिएको थियो ।

सो अनुरूप अाज बेलडाँडीमा नेकपा एमालेका केन्द्रीय सदस्य सहदेब बोगटीको प्रमुख अातिथ्यमा किसानको गहुँ काटेर जनश्रमदान गरिएको एमालेका नेता अभिमान थापाले जानकारी गराउनु भयो ।


उहाँका अनुसार वडा नं.२ का मेहनति किसान धन बहादुर रानाक्षेत्रीको खेतमा गहुँ काट्दै श्रमदान गरिएको जनाए । जनता संगको सम्बन्ध लाई प्रगाढ बनाउन यस्ता कार्य बेलाबेलामा एमालेले चलाउदै अाएको बताए ।
उक्त कार्यक्रममा यश क्षेत्रका जानेमाने नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित