संगठन बलियो बनाउन सुप प्रदेशका माओवादी नेता कार्यकर्तासंग अन्तरकृया

37
VIEWS

कञ्चनपुर:

नेपाल कम्युनिष्ट पाटी(माओवादी केन्द्र)ले पाटी संगठन बलियो, चुस्त दुरुस्त जनताको काममा लगाउनका लागि पाटीका नेता कार्यकर्तासंग अन्तरकृृयामा जुटेको छ । माओवादी केन्द्र केन्द्रीय संगठन विभागले पाटी संगठन बलियो, चुस्त दुरुस्त र जनताको काममा लगाउनका लागि सुदूरपश्चिमका नेता कार्यकर्तासंग अन्तरकृया गरेको छ ।

 

सोमबार पाटीको केन्द्रीय संगठन विभागद्वारा आयोजित सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा अन्तरकृया कार्यक्रम राखेको छ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका सदस्य नवराज ऐरले पार्टी संगठन बलियो बनाउन, पाटीलाई एकताबद्ध बनाउँदै पार्टीले अघि सारेको नीति, कार्यक्रम जनतासंग प्रभावकारी ढङगबाट पु¥याएर संविधान र संघीयता कार्यान्वयन गर्न पाटीका नेता कार्यकर्ताविच अन्तरकृया गरेको बताए ।

माओवादी सुप प्रदेशका युवा नेता समेत रहेका ऐरले माओवादीकै संघर्षका कारण आएको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त उपलब्धीको रक्षाका लागि नेता कार्यकर्ताले भूमिका निर्वाह सहित विवित विषयमा घनिघुत छलफल गरिएको बताए ।

कार्यक्तमका सुप प्रदेशका माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पार्टीले जनयुद्धका बेला अघि सारेका नीति,कार्यक्रम एव आधारभूत जनताका आवश्यकतामा विषयमा गम्भिर हुनुपर्नेमा जोडदिएका छन ।

पार्टीले अघि सारेको एजेण्डा अनुरुप मुलुकमा राजनीतिक उपलबधी भएसंगै विद्यमान नागरिकका आधारभूत समस्या समाधान गर्दै मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्नेमा जोडदिएका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा(प्रभावकर)ले पछिल्ला दिनहरुमा माओवादी पाटी कमजोर भईरहेकाले त्यसलाई कसरी बलियो बनाउने र जनताको जनअपेक्षा अनुरुप काम गर्न प्रदेशकै अगुवा नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पुर्व अर्थमन्त्री समेत रहेका माओवादी उपमहासचिव शर्माले राजनीतिक उपलब्धीसंगै जनताको अवस्था समेत सुधार अपरिहार्य रहेकाले पार्टीका स्थानीयदेखि केन्द्रीय नेताकार्यकर्ताले आ–आफ्नो ठाँउबाट पाटी निर्माणमा जुट्न आब्हान गरेका छन ।

पार्टीका हरेक नेता कार्यकर्ताले जनताकै आधारभूत आवश्यकता चाहना एव दुखमा साथ दिएर अघि बढ्न समेत आग्रह गरेका छन ।
माओवादी नेता जनतामुखी हुनुपर्नेमा उपमहाससचिव प्रभाकरको जोडथियो ।

परिर्वतनका लागि १० बर्षे जनयुद्धको नेतृत्व गरेको माओवादी शान्ति प्रकृयामा आएर चुनावमा भागलिएसंगै ०६४ मा आएको जनमत पछिल्ला निर्वाचनमा घट्दै गएकोप्रति समेत नेता कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन ।

०६४ यता ०७९ सम्म आईपुग्दा हरेक निर्वाचनमा माओवादीको जनमत खस्किरहेको विषयमा हरेक माओवादी नेता कार्यकर्ता चिन्तित भई पार्टी निर्माणदेखि जनताको काममा जुट्नुपर्नेमा जोडदिएका छन ।

नेकपा माओवादी केन्द्र सुप प्रदेशका अध्यक्ष हरि प्रशाद चौधरी.(उत्सव)को अध्यक्षतमा भएको कार्यक्रममा सुप प्रदेशका माओवादी केन्द्रीय कमिटि सदस्य, प्रदेशका पदाधिकारी एव सदस्य र जनबर्गिय संघ संगठनका पदाधिकारीको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार