जनज्योती माध्यामिक विद्यालयको अध्यक्षमा पाण्डे

कञ्चनपुर,
कञ्चनपुरको जनज्योती माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बंशिधर पाण्डे चयन भएका छन ।

बेलौरी नगरपालिका ८ कलकत्ताको जनज्योती माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पाण्डे चयन भएका हुन । स्थानीय समाजसेवी पाण्डे सर्वसम्मत आधारमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको विद्यालयले जनाएको छ ।

जनज्योती माविका शिक्षक सुरेन्द्र बोहराले सर्वसम्मत आधारमा पाण्डे अध्यक्षमा चयन भएको बताए । उनी पुर्व भारतीय सैनिकबाट सेवानिवृत भएका थिए । समाजसेवी पाण्डेले विद्यालयको बृद्धि विकासका काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित