महेन्द्रनगर–
दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार सुरु भएको छ ।
दोधारा चादनी नगरपालिका वडा नंम्बर ६ का वडाअध्यक्ष एवं दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष ओम बस्नेतको पहलमा दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार सुरु भएको हो ।
स्वास्थ्य सेवा विभाग अन्तरगतको ईपिडियोलोजी तथा रोग नियन्त्रण शाखा काठमाण्डौले दोधारा चाँदनी नगरपालिकामा रहेको दोधारा प्राथमिक स्वास्थ केन्द्रलाई सर्पदंश उपचार सेवा सञ्चालन गर्न सोमबारदेखि अनुमति दिएको छ ।
दोधारा चादनीमा सर्पदंशको उपचार सेवा नहुदा त्यहाका सेवाग्राही महेन्द्रनगर आउनुपर्ने बाध्यता रहेको थियो । भने महेन्द्रनगर अस्पताल ल्याउनेक्रममा कतिको बाटोमै अकालमा मृत्यू समेत हुने गरेको थियो ।
ईपिडियोलोजी तथा रोग नियन्त्रण शाखा काठमाण्डौले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई चार बर्षकालागि सर्पदंशको उपचार गर्न अनुमति दिएको छ । सर्पदंश उपचार केन्द्र संचालन गर्न अनुमतिका लागि स्वास्थ्यकेन्द्रले पौष ३ गते निवेदन दिएको थियो । त्यसविचमा विभागले स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गरेको थियो ।
दोधारा चादनीबासीले सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनु नपरोस भनेर सर्पदंशको उपचार केन्द्रस्थापना गरिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष ओम बस्नेतले बताए ।
‘दोधारा चादनीबासीले सर्पकै टाकाईबाट अकालमै ज्यान गुमानु नपरोस भनेर नै स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र स्थापना गरीएको हो,’ स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष बस्नेतले भने ‘स्वास्थ्य केन्द्रमा सिएस(प्रशुति शल्यक्रिया) सेवा संञ्चालनका लागि पहल गरिरहेका छौ, हेरौ कतिको सफल हुन्छौ ।’
दोधारा चादनी नगरपालिका वडा नंम्बर ७ का वडाअध्यक्ष समेत रहेका ओमबस्नेत स्वास्थ्य केन्द्रको विकासमा कटिबद्ध भएर रातदिन लागेका छन् ।
हाल स्वास्थ केन्द्रमा १ जना विशेषज्ञ डाक्टर, ५ जना एमबीबीएस डाक्टर, ३ जना ल्याब, २ जना बिएन र ४२ जना अन्य कर्मचारी हरु कार्यरत छन् । अहिले स्वास्थ केन्द्रबाट इमर्जेन्सी साथै फार्मेसी, स्वास्थ बिमा, एक्सरे, रेविजको खोप लगायतका अन्य सेवाहरु संञ्चालनमा रहेका छन् ।
Discussion about this post