महेन्द्रनगर,
कञ्चनपुरको भीमदत्त नगरपालिकाले भाडा नतिर्ने पसलहरुमा ताला लगाउन थाल्येको छ ।
नगरपालिकाको स्वामित्वमा रहेका सटर भाडा लिएर व्यवसाय गर्ने तर सम्झौतानुसारको भाडा नगरपालिकालाई नबुझाउने व्यवसायीहरुको पसलमा ताला लगाइएको भीमदत्त नगरपालिकाका रावश्व शाखा प्रमुख विक्रम भण्डारीले बताए ।
‘भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेका सटरहरु भाडामा लिएर व्यवसाय गर्ने तर नगरपालिकालाई मासिक रुपमा बुझाउनु पर्ने भाडा नबुझाउने व्यवसायीहरुको सटर तथा पसलमा नगरपालिकाले ताला लगाइरहेको छ ।’ उहाँले भन्नुभयो ‘हाल सम्म हामीले भाडा नतिर्ने १८ वटा पसलमा ताला लगाएका छौ ।’
भाडा नबुझाउने पसलमा ताला लगाएपछि २४ लाख ३२ हजार ३०७ रुपैया राजश्व संकल भएको शाखा प्रमुख भण्डारीले बताउनुभयो । ‘नगरपालिकाको स्वामित्वमा रहेका सटरको २८ लाख ३४ हजार १८८ राजश्व बक्यौता रकम रहेकोमा नगरपालिकाले भाडा नतिर्ने पसलहरुमा ताला लगाउन थाल्येपछि २४ लाख ३२ हजार ३०७ रुपैया राजश्व रकम संकलन भएको छ ।’
उहाँले भन्नुभयो ‘अब ४ लाख रावश्व रकम उठ्न बाकीँ छ । आजपनि ९मंगलवार० भाडा नबुझाउने ५ वटा सटरमा ताला लगाएका छौ । जब सम्म नगरपालिकालाई सम्झौतानुसारको भाडा बुझाउनुहुन्न तबसम्म ती पसलको ताला खोल्दैनौँ ।’
उनका अनुसार नगरपालिकाको स्वामित्वमा रहेका सटर भाडा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुले अब प्रत्यक महिना–महिनामा सटरको भाडा बुझाउनुपर्र्छ यदि महिना–महिना भाडा नबुझाएमा कानुनी कारर्वाही गछौँ ।
यस्तै उहाँले सम्पूर्ण व्यवसायीहरुलाई समयमै राजश्व बुझाउन आग्रह समेत गर्नुभएको छ । भीमदत्त नगरका जनप्रतिनिधीले समेत भाडा नतिर्नेमाथि निर्मर भएर कार्बाही गर्नुपर्ने बताएका छन ।
भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले नगरपालिकालाई भाडा नतिर्ने बिरुद्धमा कडाई गरिने बताए । भीमदत्त नगरको उक्त कामका लागि स्थानीयले प्रसंसा गरेका छन ।
Discussion about this post