नेपाल रेडक्रसले बनायो अछाममा ५० वटा अस्थायी टहरा

9
VIEWS

अछाम,

नेपाल रेडक्रस सोसाईटीले अछाम जिल्लामा ५० वटा अस्थायी घर टहरा निर्माण गरेको छ ।

यस भन्दा अघि पटक – पटक आएको भुकम्पले बस्न नसकिने गरि चर्किएका घर परिवारको लागि स्थानीय स्रोत साधनको प्रयोग गरि बासका अस्थायी टहरा निर्माण गरिदिएको हो ।

जिल्लाको मंगलसेन नगरपालिका, साफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा अस्थायी टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।

भुकम्पले घरमा क्षति पु¥याएपछि बस्दै आएको घर छोडेर खुला आकाश मुनि पाल टागेर बसीरहेका नागरिकका लागि रेडक्रसले बासका आकर्षक घरहरु निर्माण गरिदिएपछि अहिले स्थानीय खुसी भएका छन ।

नेपाल रेडक्रस सोसाईटी द्धारा संचालित सुदुरपश्यिम भुकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत मंगलसेन नगरपालिकामा १० वटा, साफेबगर नगरपालिकामा २० वटा र चौरपाटी गाउँपालिकामा २० वटा गरि ५० वटा अस्थायी घर टहरा निर्माण कार्य सम्पन्न भई केही पिडित घर परिवारलाई बुझाई सकिएको नेपाल रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले बताउनुभयो ।

प्रति परिवारलाई ९८ हजार बराबरको अस्थायी घर टहरा निर्माण गरिएको हुदा ५० वटा घरको लागि ४९ लाख ३० हजार रुपैया खर्च हुने र पहिलो किस्ता सम्बन्धित घर परिवारलाई बुझाएर घर निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाल रेडक्रस सोसाईटी नेपालका लैगिंक तथा समावेशीकरण अधिकृत ऋतु खड्काले जानकारी दिनुभएको छ ।

पिडित घर परिवारको लागि पहिलो किस्ता स्वरुप १९ लाख ३० हजार दिई सकिएको र बाकी दोस्रो किस्ता आउनेक्रम जारी रहेको खड्काले बताउनुभयो । अछाम जिल्लामा ८ सय ९ वटा घरहरु पुर्ण रुपमा क्षति भएकाले रेडक्रसले ५० जनालाई मात्रै सहयोग गरेकाले बाकी ७ सय ५९ जनाको व्यवस्थापन गर्न चुनौती थपिएको बताउनुभयो ।

बासका अस्थायी टहरा पनि आकर्षक तरिकाले निर्माण गरिदा अहिले स्थानीय पनि खुसी भएका मंगलसेन नगरपालिका वडा न ४ की एकल महिला टंक देवी धामीले बताउनुभयो । घर भुकम्पले बस्न नमिल्नेगरि चर्कियो रेडक्रसले अस्थायी रुपमा भएपनि बाँसको राम्रो बस्ने घर निर्माण गरिदिन लागेपछि आफुलाई निकै सहज भएको धामीको भनाई छ ।

आफ्नो घरमा साहारा कोहीपनि थिएन रेडक्रसले यस्तो सहयोग गर्दा आफुहरुको साहारा भएको बताउनुभयो । अब स्थानीय सरकारले घर निर्माणका लागि सहयोग गर्नुपर्ने माग समेत गर्नुभएको छ । अस्थायी घर टहरा संगै रेडक्रसले ३ वटै पालिकाका १ सय २ जनालाई मौसमी सहयोग समेत गरेको छ । मंगलसेन नगरपालिकामा ३१, साफेबगर नगरपालिकामा ३५ र चौरपाटी गाउँपालिकामा ३६ जना महिलाहरुलाई मौसमी सहयोग गरेको छ ।

भुकम्प बाट बढि प्रभावित घर परिवारका महिलाहरुलाई मौसमी सहयोग गरिएको हो । महिलाहरुलाई सामान्य आफ्नो घर खर्च चलाउन सहज होस भन्ने उदेश्यले मौसमी सहयोग गरिएको खड्काले अछामको पहिलो दैनिक पत्रिका रामारोशन दैनिक संग बताउनुभयो ।

यस्ता घट्नाहरु घट्दा सबैभन्दा बढि महिला तथा बालबालिकाहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई लक्षित गर्दै मौसमी सहयोग कार्यक्रम संचालन गरेको बताउदै यसले महिलाहरु खुसी भएको प्रतिकृया दिनुभएको छ ।

यो रकम सम्बन्धित महिलाहरुको खातामै पठाउनुपर्ने भएकाले स्वयम महिलाहरुकै खातामा रकम पठाईएको र यो क्रममा धेरै महिलाहरुको बैंकमा खाता नै नभएकाले धेरैलाई नागरिकता बनाएर खाता समेत खोल्न लगाएको बताउनु भएको छ ।

यसले गर्दा महिलाहरुलाई अन्य कुरामापनि फाईदा पुगेको बताउनुभयो । यसलेम समावेशीकरणको कुरालाई पनि उतिकै जोड दिएको हुदा महिला तथा बालबालिकालई यो कार्यक्रमले बढि प्राथामिकता दिएको बताउदै यो कार्यक्रमले वास्तविक महिलाहरुलाई निकै सहज भएको जानकारी गराउनु भएको छ ।

तर साफेबगर नगरपालिका वडा न १२ खप्तडका दुईजना बालकलाई सरोकारवालाको रोहबरमा नगद सहयोग गरिएको छ । आमा बुवा दुबैजना रोजागरीको शिलशिलामा भारत गएको र घरमा दुईवटा बच्चा मात्रै हुदा उनीहरुलाई घरमै गएर नगद हस्तान्तरण गरिएको हो ।

पाएको रकम बाट दाल, चाम, नुन र आफ्नो पढाईको लागी आवश्यक सामाग्री खरिद गर्ने बताएका छन । रेडक्रसले आफुहरुलाई यसरी सहयाृग गरेपछि कडायतका दाईभाई निकै खुसी भएका छन । नयाँ बर्षको मुखैमा १५ हजार रुपैया पाएपछि नयाँ बर्षमा लगाउन मिल्ने लुगाफाटो किनमेल गर्नपनि सहज हुने उनीहरुको भनाई छ ।

यति मात्रै होईन नेपाल रेडक्रस सोसाईटीले भुकम्पको कारणले मानसिक तनाव झेली रहेका ब्यक्तिहरुलाई परामर्श संगै बालबालिकाको लागि विद्यालय स्तरमा विभिन्न किसीमका सामाग्री समेत सहयोग भईरहेको जानकारी दिनुभयो ।

यसले गर्दा धेरैजनालाई सहयोग पुगेको विश्वाश व्यक्त गर्नुभएको छ । यति मात्रै होईन रेडक्रसले ५ वटा खानेपानीका योजना निर्माण गर्नुका साथै १२ वटा सेनेटरी प्याड डिस्पोजल गर्ने खाल्डाहरु निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाईटी अछामले अछाम जिल्लामा स्थानीय सरकार संग पनि प्रभावकारी ढंगले समन्वय गर्दै यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ ।

अछाम जिल्लामा गत भदौमा आएको बाढिले धनजनको क्षति पु¥याएका पालिकामा गएर पिडित घर परिवारलाई तत्काल आवश्यक राहात वितरण गरेको थियो भने पिडित घर परिवारका लागि आवश्यक परामर्श समेत दिएको थियो । नेपाल रेडक्रस सोसाईटीले अछाम जिल्लामा विगत लामो समय देखी परोपकारी क्षेत्रमा कामगर्दै आईरहेको छ ।

अछाम जिल्लामा संचालन भएका हरेक सामाजिक अभियानमा नेपाल रेडक्रस सोसाईटीले अछाम जिल्लामा नेतृत्वदायी भुमिका खेल्दै आएको शाखा अध्यक्ष रत्न प्रसाद ढुंगानाले जानकारी दिनुभएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार