क्रान्तिकारीद्वारा सीमा क्षेत्रमा नेपाली माथि हुने एसएसबीको ज्यादती रोक्न माग

22
VIEWS

कञ्चनपुर,
अखिल क्रान्तिकारीले सीमा क्षेत्रमा भारतीय पक्ष(एसएसबी)बाट हुने ज्यादती रोक्न माग अघि सारेको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै भारतीय पक्ष(एसएसबी)बाट हुने ज्यादती रोक्न माग अघि सारेको हो ।

भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले भीमदत्त नगरपालिका १० का सुरेन्द्र कार्की, रमेश गिरी, रतन ठगुराठी, गोबिन्द जैसीलाई कुटपिट गरेको विषयमा क्रान्तिकारीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन विष्टद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा अब उपरान्त यस्ता घटना दोहोरिन समेत गराईएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार