३ महिना अनुहार नै नदेखाइ काम गरे हुन्थ्यो गगन थापा

18
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूले तीन महिनाजति अनुहार पनि नदेखाइ काम गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री, अर्थमन्त्रीलगायतले केही समय सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा पनि नदेखिई काम गर्नुपर्ने थापाले बताए।

‘मलाई त आजभोलि प्रधानमन्त्री, मन्त्रीको समाचार आयो कि अन्यथा होइन, रिस उठ्यो त म भन्दिनँ। मलाई एकदम नरमाइलो लाग्छ, फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ। प्रधानमन्त्री र मन्त्रीले अहिले फोटो पनि खिच्नुपर्दैन,’ महामन्त्री थापाले भने।

तीन महिनाजति प्रधानमन्त्री, मन्त्रीको नाम कतै पनि देख्न नपाए पनि हुनेजस्तो लागेको थापाले बताए।

‘नराम्रोका लागि भनेको होइन, यो बेला हामी फुर्सदमा छौं, हामी जाऔंला,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूले काम गर्ने हो।’

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार