नेपाल शिक्षक संघ बेलडाँडी गाउँकार्य समितिद्वारा शिक्षा र शिक्षकका माग राख्दै पालिकालाई ज्ञापनपत्र

130
VIEWS

बेलडाँडी,
नेपाल शिक्षक संघ बेलडाँडी गाउँकार्य समितिद्वारा शिक्षा र शिक्षकका माग राख्दै पालिकालाई ज्ञापनपत्र बुझाईएको छ ।

 

संघले अाज बुधवार बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानालाई ५ बुदे माग राख्दै ज्ञापनपत्र बुझाएको नेपाल शिक्षक संघ बेलडाँडीका अध्यक्ष दिल बहादुर सिंहले जानकारी गराउनु भयो ।

उहाँका अनुसार नेपाल शिक्षक संघले आफ्नो स्थापना काल देखि पेशागत हकहितका लागी लड्दै आएको र पटक-पटकका शैक्षिक आन्दाेलनको नेतृत्व गर्दै आएको कुरा सर्वविदितै रहेको जानकारी गराउदै पछिल्लो अवस्थामा देश संघीयतामा प्रवेश गरे पश्चात आधारभूत र माध्यमिक शिक्षाको व्यवस्थापन गर्ने अधिकार संविधानमा नै स्थानीय तहलाई दिएको ध्यानाकर्षण गराउदै यसै अनुरूप यस बेलडाँडी गा.पा.मा बनिरहेको गाउँ शिक्षा ऐनमा नेपाल शिक्षक संघ बेलडाँडीका तर्फबाट निम्न मागहरू सम्बोधन गरिदिन जोडदार माग गरेको बताए ।


ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरू

१. बेलडाँडी गा.पा. भित्र निजी स्रोतमा कार्यरत शिक्षकहरुलाई गाउँपालिकको शिक्षकको रुपमा गाउँ शिक्षा ऐनमा व्यवस्था गरियोस् । २. शैक्षिक गुणस्तर कायम गर्नका लागि पालिका भित्रा नै ५ बर्ष सेवा अवधी पुगेका शिक्षक सरुवाको व्यवस्था गरियोस् । ३. समय सापेक्षित रुपमा नयाँ प्रविधिको प्रयोगका सम्बन्धमा पुनर्ताजगीको तालिमको व्यवस्था गरियोस् । ४. गाउँपालिका भित्रका शिक्षकहरुको मूल्याङ्कन गरि उत्कृष्ट शिक्षक पुरुस्कारको व्यवस्था गरियोस् । ५. शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षकको पद स्थापन गर्दा कार्यरत शिक्षक विस्थापित हुन आएमा यस पालिका भित्रका रिक्त रहेका अनुदान, राहत, करार तथा पालिका शिक्षकका रुपमा स्थापित गरियोस् ।

ज्ञापनपत्र बुझ्दै पालिका अध्यक्ष रानाले सक्दो सम्बोधन गर्ने अाश्वासन दिनु भयो । 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार