महेन्द्रनगर माविका अध्यक्ष विष्ट सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ नेपालको सचिवमा निर्वाचित

53
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल केन्द्रीय समितिको सचिवमा निर्वाचित भएका छन ।

भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल केन्द्रीय समितिको सचिवमा निर्वाचित भएका हुन ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट विष्ट केन्द्रीय समितिको सचिवमा निर्बिरोध निर्वाचित भएका छन । माओवादी निकट अखिल क्रान्तिकारीको विद्यार्थी राजनीतिमा होमिएका विष्ट पछिल्लो केही बर्षयता महेन्द्रनगर नमुना माविको अध्यक्ष भएर उक्त विद्यालयको शैक्षिक भौतिक स्तर बृद्धि भूमिका निर्वाह गरेका छन ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल केन्द्रीय समितिको सचिवमा चयन भएका विष्टले सामुदायिक विद्यालयको शैक्षिक स्तरबृद्धि विकासका योजना ल्याउने प्रतिबद्धता जोहर गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार