प्रशासकीय अधिकृतको लापरबाहीले बेदकोटमा सरकारी साधन प्रयोग गर्नेको संख्या बढ्दो,सरकारी मोटरसाइकल दुरुपयोग गरी पिकनिकमा मोजमस्ती

बेदकोट,
बेदकोट नगरपालिकामा केही दिनअघि नगर प्रवक्ता चित्रदेव भट्टले मोटरसाइकल दुरुपयोग गरी बैतडी पुगेको घटना सार्वजनिक भयो । त्यसलाई सही देखाउन मेयर भोजराज बोहरा लगायतले कीर्ते कार्यहरू समेत गरेको बाहिरियो ।

 

त्यो घटना सेलाउन नपाउँदै बेदकोट नगरपालिकामा फेरि अर्काे काण्ड बाहिरिएको छ । आज शनिवार बेदकोट नगरपालिकाका कर्मचारीहरू सरकारी मोटरसाइकलसहित पिकनिक खान रौटेला पुगेका छन् ।

रौटेलामा सरकारी नम्बर प्लेटमा ५३६ नम्बरको स्कूटर र म१ब १२० नम्बरको मोटरसाइकल देखिएका छन् । रौटेलामा भेटिएका केही कर्मचारीहरूले नाम नबताए पनि आफूहरू पिकनिक खान आएको बताएका छन् ।

नगरपालिकाका प्रवक्ता चित्रदेव भट्टले मोटरसाइकल दुरुपयोग भएकोबारे आफूलाई थाहा नपाएको बताए । बिदाको दिन सरकारी मोटरसाइकल र स्कूटर कुन प्रयोजनका लागि रौटेका पुगे भन्नेबारे पनि उनले स्पष्ट जवाफ दिन सकेनन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले आफूले मोटरसाइकलको कुनै पनि पास नदिएको बताए । सार्वजनिक बिदा र शनिवारको दिन सरकारी सवारीसाधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित