कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिका ८ पहुलाह–पचुई नेपाली भूमिमै विद्युत विस्तरका क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलौरीले पचुई क्षेत्रमा विद्युतका पोल गाड्ने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको हो ।
एसएसबीले उक्त विवादित भूमि भन्दै विद्युतका पोल विस्तारका अवरोध पु¥याएको नेपाल विद्युत प्राधिकरण वितरण शाखा बेलौरीले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण शाखा बेलौरीका प्रमुख कपिल जोशीले विद्युतका पोल गाड्ने क्रममा एसएसबीले अवरोध गरेको बताए । प्राधिकरण वितरण शाखा बेलौरीले चालु आर्थिक बर्ष २०७९/०८०को विद्युत लाईन स्तरोन्नती अन्तरगत जगदम्बा बेताल कस्ष्ट्रक्सन प्रालिले जिम्मा पाएको थियो । एसएसबीको अवरोधपछि केही पोल गाडिएर एक सातादेखि काम रोकिएको छ ।
‘हामीले काम गर्दै जाँदा एसएसबीले रोकेपछि गरेका छैनौँ, ‘उनले भने, ‘यस विषयमा प्रशासन सरकारले निकास निकालेपछि काम अघि बढाउँछौँ ।’ हुलाकी राजमार्ग निर्माणका क्रममा समेत भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गर्दै आएको उक्त सडक भएर विद्युत विस्तार गर्दा समेत अवरोध गरेको छ ।
तीन बर्ष अघि पनि हुलाकी राजमार्ग विस्तारका क्रममा साउथईण्डियन फिल्मशैलीमा आएर एसएसबीले सो क्षेत्रमा १२सयमिटर सडक कालोपत्रे गर्न दिएको थिएन । अहिले पनि विद्युत विस्तार गर्दा अवरोध गरेको छ ।
एसएसबीले कहिले सडक त कहिले विकास निर्माणमा अवरोध गरेपछि स्थानीय रुष्ट भएका छन । आफ्नै भूमिमा समेत भारतीय पक्षबाट हुने हस्तक्षेप एव अवरोधले स्थानीय आक्र्रोसित भएका छन ।
अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका अध्यक्ष पल्लवराज भट्टले सीमा क्षेत्रमा आउने जति पनि विवाद, भारतीय पक्षबाट हुने हस्तक्षेपको मुल कारण स्ट्रीप नक्सा भएको बताए । ‘स्ट्रीप अर्थात धर्षे नक्सा निर्माण गर्दा गम्भिर त्रृटी भएको छ , ‘अध्यक्ष भट्टले भने, ‘उतिबेला नक्सा निर्माण गर्दा हाम्रो भूमि भारतमा देखाईएको छ, त्यही भएर यस्तो समस्या आएको हो, सीमा समस्या समाधानका लागि उक्त नक्सा संशोधनको विकल्प छैन ।’
भारतीय पक्षले जहिल्यै पनि कञ्चनपुरको सीमा क्षेत्रमा अवरोध हस्तक्षेप जस्ता गतिबिधी गर्दै गएपछि स्थानीय हैरान भएका छन । छिमेकी नराम्रो हुँदाको परिमाण भन्दै सीमा क्षेत्रका स्थानीय एसएसबीको व्यवहार देखेर तनावमा छन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले उक्त विषयमा बुझ्ने बताएका छन । ‘त्यहाँ के भएको हो, सम्बन्धीत पक्षसंग फ्याक्ट फाईन्डिङ्ग बुझ्छौँ, ‘प्रजिअ अर्यालले भने, ‘त्यही अनुरुप अघि बढौँला ।’ आफ्नै नेपाली भूमिमा विद्युत विस्तारका क्रममा अवरोध नगर्न स्थानीयले माग अघि सारेका छन ।
Discussion about this post