नेत्र अधिकृत धामी सम्मानित

11
VIEWS

कञ्चनपुर,
कञ्चनपुरका नेत्र अधिकृत बीरसिह धामी सम्मानित भएका छन ।

नेपाल नेत्र ज्योति संघ कञ्चनपुरले नेत्र अधिकृतल धामीलाई सम्मान गरेको हो । महेन्द्रनगरमा सम्पन्न भएको नेपाल नेत्रज्योति संघ कञ्चनपुरको दोस्रो जिल्ला अधिवेशनमा नेत्र अधिकृत धामीलाई सम्मान गरिएको छ ।

आँखा स्वास्थ्यमा भूमिका निर्वाह गरेको भन्दै नेत्रज्योति संघद्वारा संचालित महेन्द्रनगर आँखा अस्पतालका कार्यरत नेत्र अधिकृत धामीलाई सम्मान गरिएको छ ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका नेपाल नेत्रज्योति संघ कञ्चनपुरका अध्यक्ष डा. भोजराज पन्त र प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मानबाट कार्य क्षेत्रमा थप उत्साहित बनाएको नेतृ अधिकृत धामीले बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार