जोशी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा

15
VIEWS

कञ्चनपुर,
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन ।

नयाँ कार्य समिति चयनका लागि सोमबारदेखि काठमाण्डौंँमा शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५६ औँ महाधिवेशनमा जोशी केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा होमिएका हुन ।

उद्यमी जोशीले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेर चुनावमा होमिएका हुन । जिल्ला नगर उद्योग बाणिज्य संघका तर्फबाट खुला केन्द्रीय सदस्यका लागि जोशीले उम्मेदवारी दिने घोषणा गरेका थिए ।

तीन दशकदेखि व्यवसाय गर्दै आएका जोशीले आफ्नो व्यवसाय अन्र्तराष्ट्रिय स्तरसम्म पु¥याएका छन । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उद्यमी पिताम्बर जोशीले उद्योगी व्यवसायीको हकहितका साथै प्रर्बद्धनका लागि केन्द्रीय समितिमा बस्न चाहेको बताए ।

‘मैले कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको छु, ‘उनले भने, ‘जिल्लाका उद्यमी व्यवसायीको हकहितका साथै केन्द्रीय सदस्यमा जिम्मेबारी पाएपछि थप केही गर्न सकिन्छ ।’

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार