जसले बेलडाँडीलाई छुट्टै स्थानीय तह बनाए, उनै एमालेबाट अध्यक्ष पदका उम्मेदवार

306
VIEWS

बेलडाँडी,
आसन्न ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसले बेलडाँडी गाउँपालिकालाई छुट्टै स्थानीय तह बनाए उनैलाई एमालेले उम्मेदवार बनाएको छ । नेकपा एमालेले उम्मेदावरको मुल्याङ्कन गर्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा निर्वतमान बेलडाँडी इन्चार्ज अक्कल बहादुर बिष्टले बेलडाँडीलाई छुट्टै स्थानीय तह बनाउन पुर्ण भुमिका खेलेको र ४६ साल देखि सकृय राजनितिमा लागेको भन्दै बेलडाँडी गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।

२०७२ साल तिर बेलौरीका र बेलडाँडीका केहि नेताहरुले बेलडाँडीलाई बेलौरीमा समाहित गरेर २ वडामा खुम्च्याउने प्रयास गरेका बेला बेलडाँडी छुट्टै नगरपालिका हुनुपर्छ भनि एमालेका युवा नेता अक्कल बहादुर बिष्टको नेतृत्वमा बेलडाँडी छुट्टै नगरपालिका हुनुपर्छ भनि संर्घष समिति गठन गरि संर्घषका कार्यक्रम व्यापक भए पछि बिष्ट नेतृत्व संर्घष समितिको दवाव र सुझावका कारण स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा बेलडाँडी र रौतेलिबिचवा २ गाउँ विकास समितिहरूलाई समेटेर बेलडाँडी छुट्टै नगरपालिका घोषणा गरिएको थियो ।

तर केहि बर्ष पछि बेलडाँडी नगरपालिकाको जनसङ्ख्या नपुग्दा गाउँपालिका बनाइएको हो । बेलडाँडी नगरपालिका ११ वटा वडामध्ये गाउँपालिकाका पाँच वडामा सीमित भएको छ ।

यसरी बेलडाँडीलाई बेलौरीमा समाहित गरेर एकदुई वडामा सिमित गर्न खोज्नेहरु अहिले फेरी बेलडाँडीलाई रिमोर्ट कन्ट्रोल गर्न खोजको एमालेको आरोप छ । उनीहरुले आफुले परिचालन गर्न सहिजो हुने आफुगुटको मान्छेलाई उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसमा राजनितिज्ञ व्याक्तिहुदा हुदै आफु निकटका शिक्षा पेशामा लागेका शिक्षकलाई उचाली उम्मेदवार बनाएको कांग्रेस नेता कार्यकर्ताहरुकै आरोप छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार