बेलडाँडीमा जथाभावी मदिरा विक्री तथा सेवन गर्न नपाइने, यस्तो छ नयाँ नियम

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा अव जथाभावी मदिरा विक्री तथा सेगन गर्न नपाइने भएको छ ।

 

बेलडाँडी गाउँ कार्यपालिकाको मिति २०७९/१२/ १६ गतेको बैठकको निर्णय नं. ९ अनसार यस गाउँपालिका क्षेत्र भित्र जथाभावी रुपमा मदिरा विक्री तथा सेवनले सामाजिक वातावरण दुषित हुन गई अशान्ती एवम् दिन प्रतिदिन झै–झगडा आदि भई रहेको भन्दै नियमन गरी समाजमा शान्ती एवम सामाजिक सद्भाव कायम राख्न अति जरुरी भएको जनाउदै वडा कार्यालयहरुबाट सोही अनुसार सार्वजनिक सुचना प्रकाशित गर्न निर्देशन गरेको छ ।

यस्तै बेलडाँडी गाउँपालिका वडा नं.५ ले आज एक सूचना प्रकाशित गर्दै उक्त कुरा सार्वजनि गरेको छ ।

विषय ः– सुचना ! सुचना !! सुचना !!!

उपरोक्त विषय सम्बन्धमा यस वेलडाँडी गाउँ कार्यपालिका कार्यालयको प.स.२०७९/०८०, च.नं. ८२० मिति २०७९/१०/१५ गतेको प्राप्त पत्रानुसार वेलडाँडी गाउँ कार्यपालिकाको मिति २०७९/१२/ १६ गतेको बैठकको निर्णय नं. ९ बमोजिम यस गाउँपालिका क्षेत्र भित्र जथाभावी रुपमा मदिरा विक्री तथा सेवनले सामाजिक वातावरण दुषित हुन गई अशान्ती एवम् दिन प्रतिदिन भै–झगडा आदि भई रहेकोले नियमन गरी समाजमा शान्ती एवम सामाजिक सद्भाव कायम राख्न अति जरुरी भएकोले वडा कार्यालयबाट तपशिल अनुसार सार्वजनिक सुचना प्रकाशित गर्ने भनी पत्राचार भई आएको हुदा यस वडा अर्न्तगत नियमानुसार दर्ता भएका मंदिरा विक्री वितरण गर्ने व्यवसायीहरुले तपशिल बमोजिमको मदिरा विक्री वितरण गर्न सवैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । तपशिल हुन सम्बन्धित

१. विर्को खोली मदिरा विक्री गर्ने व्यवसायीहरुले वेलुकी ४ बजे देखी राती ९ बजे सम्म विक्री वितरण मात्र गर्ने ।
२. विर्को नखोली ( थोक विक्रेता) मदिरा व्यवसायीहरुले विर्को खोली विक्री वितरण गर्न नपाईने । ३. वडा अर्न्तगत नियमानुसार मदिरा पसल दर्ता नगरी मदिरा विक्री वितरण गर्न नपाउने । ४. यस वडा अर्न्तगत मदिरा सेवन गरी जथाभावी रुपमा समाजमा शान्ती व्यवस्था खलवल हुने गरी हो– हल्ला, भै–झगडा गरेको पाईएमा प्रहरीको निर्देशनमा पहिलो पटकमा सार्वजनिक काम गर्नु पर्ने, दोस्रो पटकमा रु.१५००। जरिवाना तिराउने र तेस्रो पटक हो–हल्ला गरेको पाईएमा रु. ३५००। जरिवाना तिराउने । ५. राती ११ वजे पछि ३ जना भन्दा बढी हिडडुल गर्न र जम्मा हुन नपाईने अति आवश्यक काम भए सम्बन्धित वडाका प्रतिनिधि तथा प्रहरी कार्यालय झिलमिलामा फोन सम्पर्क गरेर मात्र आवतजावत गर्ने । ६. १८ वर्ष भन्दा मुनीका वालवालिकालाई सुर्तीजन्य पदार्थ र मदिरा विक्री वितरण नगर्ने र नगराउने । ७. विवाह, पास्नी, व्रतबन्ध, भोजभतेर तथा जन्मउत्सवमा राती १० वजे सम्म सम्बन्धित वडा प्रहरी कार्यालयबाट अनुमती लिएर मात्र डि. जे. बाजा बजाउने । ८. जथाभावी मदिरा सेवन गरी सार्वजनिक स्थानमा गई गालीगलौच गर्ने, घरपरिवारमा भै–झगडा गर्ने व्यक्तीलाई कानुन अनुसार दण्ड सजाय हुने । ९. यस वडाभित्र धेरैजसो बुढापाकाहरु, युवाहरु आफ्नो अमुल्य समय तास खेलेर विताउने र जसको कारण वालवालिकाहरुमा नराम्रो असर पर्दै गईरहेको र समाज वा क्षेत्रमा नै बदनाम हुन गईरहेकाले सार्वजनिक ठाउहरुमा चौताराहरुमा र बाटोघाटोहरुमा सो कार्यहरु नगर्ने । १०. पसल तथा होटेलमा बसी मदिरा सेवन नगर्ने र नगराउने ।

आवश्यक सहयोगका लागी सम्पर्क न. ९८५८७९०४१९ ९८१२७०७०००, ९८०६४७४१३३, ९८०१३९२८१८, ९८१०६८७२८४ ।
इन्द्र बहादुर खडका वडा अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित