दार्चुला समाजद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

22
VIEWS

कञ्चनपुर,
दार्चुला समाजले कञ्चनपुरमा नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

 

शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच दार्चुला समाजले नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा दार्चुला समाजका पदाधिकारी एव सदस्यले दार्चुलामा ऐतिहासिक, प्राकृतिक धार्मिक, साँस्कृतिक एव अन्य भौतिक विवित विषयबस्तु भरिभराउ भएकाले दार्चुलाको प्राकृतिक स्रोत साधन सदुपयोग गर्दै सुदूरपश्चिम प्रदेशको सम्बृद्धिमा जोडदिनुपर्ने सुझाव दिएका छन ।

दार्चुला समाजले दार्चुला सहित प्रदेशकै विवित समाजिक, साँस्कृतिक समस्या निराकरणका लागि समेत भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिएका छन ।

यसका साथै एक आपसमा शुभकामना आदान प्रदान गर्दै समाजले दार्चुलाको मात्रै नभई सिङ्गो सुदूरपश्चिम प्रदेशको दीगो विकासका क्षेत्रमा भूमिका निर्वाहका लागि सुझाव दिएका छन । समाज मार्फत सुदूरपश्चिम क्षेत्रका मानवको सभ्यता एव दिगो विकास सम्बृद्धिका क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएका हुन ।

दार्चुला समाजले कञ्चनपुरका अध्यक्ष भीम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री जयदेव जोशी, पुर्व उपसभामुख भोजराज जोशी, पुर्व कञ्चनपुर अख्तियार प्रमुख विष्णूसिह विष्ट, सुप प्रदेश क्षेत्रीय शिक्षा निर्देशक दुर्गादत्त विष्ट, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, जनज्योती बहुमुखी क्याम्पसका अध्यक्ष माधव प्रशाद जोशी सहितको दार्चुला समाजका पदाधिकारी, सदस्य सहित विवित क्षेत्रबाट उपस्थिति रहेको थियो ।

दार्चुला समाजले कञ्चनपुरका सचिव निरन्जन प्रशाद विष्टले कार्यक्रम संचालन गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार