बाह््रदेब ज्यावन सेवा समाजको साधारण सभा सम्पन्न

15
VIEWS

सुर्वण प्रशाद जोशी/कञ्चनपुर,
बाह्देब ज्यावन सेवा समाज कञ्चनपुरको साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा बाह्देब ज्यावन सेवा समाजको दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा समाजका सदस्य जगत बहादुर धामीले स्वागत मन्तव्य राख्दै समाजले समाजिक क्षेत्रमा थुप्रै कामकाज गरेको बताएका थिए । स्वस्तिक बाचन पण्डित नारायण प्रशाद जोशीले गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृति झल्किने नृत्य सहितका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका संसद एव पुर्व आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावल, बिशिष्ठ अतिथि भीमदत्त नगरका मेयर पदम बोगटी, भीमदत्त नगरकै उपप्रमुख निलम लेखक, परशुराम नगरपालिका उपप्रमुख विमला कुमारी महता, केदारस्यु गाँउपालिका उपाध्यक्ष मनिसा धामी, भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडका सहितका अतिथिले बाह्देब ज्यावन सेवा समाज समाजिक क्षेत्रमा गर्दै आएको कामकाजको पं्रसंसा गर्दै समाजको बृद्धि विकास सहयोग प्रतिबद्धता जाहेर गरेका छन ।

अथितिहरुले धर्म संस्कृति, संस्कार संरक्षणका लागि समाजको भूमिका महत्वपूर्ण भएको बताएका छन । कार्यक्रममा आजिवन सदस्य र राष्ट्रिय खेलाडी प्रदिप जाग्रीलाई सम्मान गरिएको थियो ।

बाह्देब ज्यावन सेवा समाजका अध्यक्ष गोपाल धामीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सचिव नर बहादुर धामीले संचालन गरेको कार्यक्रममा सयौँको उपस्थिति रहेको थियो ।

बाह्देब ज्यावन सेवा समाजले स्थानापनाकालदेखि हालसम्म कोरोना महामारी सहित विवित सकटमा परेका व्यक्तिका लागि सहयोग सहितका थुप्रै समाजिक कार्यक्रम गरेको समाजले जनाएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार