कञ्चनपुर,
कञ्चनपुर( टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स गुफ) राइड सम्पन्न गरेको छ।
टिभिएसको महेन्द्रनगरस्थित सोरुम माहामाया ट्रेड एण्ड सप्लायर्स बाट सुरू गरिएको राइड गड्डाचौकी, भाइरल रोड हुँदै दोधारा चादनी झोलुङ्गे पुल नजिकै अतिथी रिसोर्टमा पुगेर सम्पन्न गरेको हो ।
उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाका बारेमा जानकारी दिइएको छ । त्यसक्रममा सहभागीहरुबीच एकतामुलक विभिन्न गेमहरु खेलाइनुका साथै विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु पनि गरिएको थियो ।
राइडमा टिभिएस एन्टर्कका २५ जना महिला राइडर सहित ४० जना राइडरहरुको सहभागिता रहेको थियो । टिभिएस एन्टर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको जगदम्बा मोटर्सका रिजनल अफिसर बिक्रम बोहराले बताए ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १सय ३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूमा उच्च स्थान जमाउन सफल भएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवाका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको छ ।
Discussion about this post