बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा बिष्ट निर्वाचित

15
VIEWS

कञ्चनपुर,

बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा हिरासिह विष्ट निर्वाचित भएका छन ।

विष्टले आफ्ना प्रतिस्पर्धी लक्ष्मी नारायण चौधरीलाई १९मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।विष्टले २४८ र चौधरीले २२९मत ल्याएका थिए ।

बरिष्ठ उपाध्यक्षमा डम्बर दत्त भट्ट निर्वाचित भएका भट्टले आफ्ना प्रतिस्पर्धी जल बहादुर चौधरीलाई ५१ मतको अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन ।

भट्टले २५९ र चौधरीले २०८मत ल्याएका थिए । सदस्यमा देव ब. शाही,भवेश्वर पाण्डेय,यम ब. खत्री,कृष्ण प्रशाद बगाले,धनराज सुवेदी, दिनेश कुँवर,आषिस सुनार,रामेश्वर न्यौपाने निर्वाचित भएका छन ।

कुल ५२९मतदात मध्ये ५०४मत खसेका थिए । जसमध्ये १५मत बदर भएका थिए । बेलौरी उद्योग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष हिरासिह विष्टले उद्योगी व्यवसायीका हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।

बेलौरी उद्योग वाणिज्य संघको तेस्रो कार्यकारणी समिति चयनका लागि शनिबार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र ८ सदस्यका लागि चुनाव भएको थियो । बाँकी पदमा यस अघि नै निर्बिरोध चयन भएका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार