बाघको अाक्रमणमा परि मृत्यु भएका चन्द परिवारलाई क्रिया खर्च प्रदान

कलकत्ता,
शुक्रबार बेलौरी नगरपालिका-८ पचुईको खप्टीनालामा बाघको अाक्रमणबाट मृत्यु भएकि गंगा चन्दको परिवारलाई क्रिया खर्च प्रदान गरिएको छ ।

 

बिहान करिब ९ बजे तिर घास काट्ने क्रममा बाघको आक्रमणमा परि मृत्यु भएका चन्द परिवारलाई वाफत राष्ट्रिय प्राकृतिक सरक्षण कोष (एनटिएनसी) ले क्रिया खर्च बापतको रकम हस्तान्तरण गरेको छ।

शुक्लाफाटा र बर्दिया राष्ट्रिय निकुञ्जको प्राबिधिक टोलीले शनिबार बिहान ८ बजे बाघलाई नियन्त्रणमा लिए पश्चात् आक्रमणमा परि बेपत्ता भएकी चन्दको शब घटना स्थल अासपास फेला परेको थियो ।

राष्ट्रिय प्राकृतिक सरक्षण कोष (एनटिएनसी ) मझगाँउका कार्यालय प्रमुख लक्ष्मीराज जोशी ,डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रसाद तिवारी, कुण्डा सब डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव, शुक्लाफाटा राष्ट्रिय निकुञ्जका मेजर नवीन सिंह बोहरा,बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बिसराम राना लगायतको उपस्थितिमा मृतकको घरमा गई क्रिया खर्च बापतको रकम ५० हजार रुपैयाँ मृतकका पति डम्बर चन्दलाई हस्तान्तरण गरिएको हो ।

डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख तिवारीका अनुसार मृतक परिवारलाई नेपाल सरकारले उपलब्ध गराउने क्षेतिपुर्ती बराबरको दश लाख रुपैयाँ आवश्यक कागजातहरु प्रक्रिया पूरा गरे पश्चात् अबिलम्ब प्रदान गराइने बताउनुभयो।

यस्तै बेलौरी नगरपालिका ८ पचुइ नजिक नियन्त्रणमा लिएको बाघलाई शुक्लाफाटा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइ निकुञ्ज कार्यालयले ललितपुरमा रहेको जावलाखेल चिडियाखाना पठाइएको कुण्डा सव डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित