डिप्रोस लघुवित्तका कर्मचारीद्धारा कैलालीकी एक महिला माथी ज्यादती

185
VIEWS

कैलाली,
कैलालीको जानकी गाँउपालिका वडा नं. ४ बेलपुरकी एक महिला माथी डिप्रोस लघुवित्तका कर्मचारीद्धारा ज्यादती गरिएको छ ।

 

सुरत देवी डंगौरा थारुलाई डिप्रोस लघुवित्तका एक कर्मचारीले कुटपीटका साथै ज्यादती गरेका छन् । बैसाख ८ गते दुगौर्ली शाखाका कर्मचारी रमेस बहादुर बुढा किस्ता उठाउन समुहको बैठकमा गएका बेला सुरतले अहीले म संग पैंशा छैन किस्ता तिर्न सक्दैन भनेपछी बुढाले उनको मुखमा थुक्नुको साथै कुटपीट गरेको पिडित महिलाले बताएकी छिन ।

कुटपीटको बिषयमा बुझ्न कर्मचारी बुढालाई पत्रकारले टेलीफोन गर्दा बुढाले भने किस्ता पनी नतिर्ने,समुहको बैठकमा पनी नआउने भएपछी आफुले सम्झाएको तर हातपात अनी मुखमा थुक्ने गलत कार्य नगरेको बताएकाछन् ।

महिलामाथी कुटपीट र ज्यादती गर्ने कर्मचारीलाई तुरुन्त कार्वाहीको माग सोही वडाका वडाध्यक्ष दिप्रेन्द्र कठरियाले बताउनु भयो । उहाँका अनुसार यस्ता कर्मचारीलाई कानुन बमोजिम कार्वाहीको माघ अघि सारेका छन् ।

पछिल्लो समयमा लघुवित्तका कर्मचारीहरुले यस्ता ज्यादती गरेका घटनाहरु बाहिरिन थालेका छन् । यस्तो ज्यादती रोक्न सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।

यति बेला लघुवित्तहरुको ज्यादतीका विरुद्ध देशव्यापी आन्दोलन जारी रहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार