कञ्चनपुर,
माध्यामिक विद्यालय शिक्षक यूनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण भट्ट चयन भएका छन ।
आइतबार महेन्द्रंनगरमा सम्पन्न भएको माध्यामिक विद्यालय शिक्षक यूनियन सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन । माध्यामिक विद्यालय शिक्षक यूनियन कञ्चनपुरका अध्यक्ष डम्बर दत्त जोशीले समतीय आधारमा प्रदेशको कार्य समिति चयन गरिएको बताए ।
अध्यक्ष जोशीका अनुसार महिला उपाध्यक्ष करुणा बराल, उपाध्यक्ष सुरेश कुमार हमाल, उपाध्यक्ष केशव सिह भाट, सचिव ठण्ड बहादुर खडका, सहसचिव राज प्रशाद जोशी, कोषाध्यक्ष भुवनराज जोशी, सदस्य जनकदत्त उपाध्याय, कृष्ण बहादुर रोकाया, रेनु रेग्मी, ईश्वरी कुमारी खडका, निता भट्ट, गोरख बहादुर विष्ट, जगदिश बुढाक्षेत्री, राजेन्द्र प्रशाद भट्ट, निता भट्ट, बिर बहादुर सार्की, शिवनाथ योगी र हरिसिह कुमार ठगुन्ना चयन भएका छन ।
माध्यामिक विद्यालय शिक्षक यूनियन कञ्चनपुरका नेता रामदत्त भट्ट सर्वसम्मत चयन भएका पदाधिकारी सदस्यलाई प्रमाण पत्रका साथै पदभार ग्रहण गरिएको छ ।
सामुदायिक विद्यालयमा कार्यरत साविक उच्च माविका शिक्षकले थुप्रै पेशागत समस्या भएकाले सरकारी स्तरबाट सम्बोधन हुनुपर्नेमा जोडदिएका छन ।
]






















Discussion about this post