प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा छलफल

5
VIEWS

काठमाडौं:

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ । संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका बिभिद विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष नेताबीच बैठक चलीरहेको छ ।

छलफलमा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका संसदीय दलका प्रमुख सतेक हितराज पाण्डे पनि सहभागी भएका छन् ।

संसदीय समिति गठन, टिआरसी विधेयकबारे चैत २८ गते सभामुखको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको थियो ।

वैशाख ४ मा ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे, सभापति देउवा र अध्यक्ष ओलीबीच छलफल भएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले ओलीसँग छुट्टै छलफल गरेका थिए । विभिन्न चरणमा भएको छलफलमा सहमति जुट्न नसकेपछि आज पुन बैठक बसेको हो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार