धनबहादुर बिक/पुनर्वास,
कञ्चनपुर को पुनर्वास मा रहेको भागेश्वर सुगर मिलले मिल संग जोडिएका बस्तिहरूमा किटनाषक औषधी छर्कने भएको छ ।
सुगर मिल का कारण धुँवा धुलो तथा फोहोरमैला को प्रभावले प्रदुषण बढ्न थालेपछि सो बाट लामखुट्टे वृद्धि हुन थालेपछि नियन्त्रणका लागि मिलले किटनाषक औषधी स्प्रे गर्ने भएको हो ।
पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाको संयोजकत्वमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी , योजना शाखा अधिकृत शंकर बोगटी , भागेश्वर सुगर मिल प्रशासन शाखा प्रमुख डम्बर खड्का बिच भएको छलफल पश्चयात सुगरमिल को फोहोरमैला का कारण लामखुट्टे लगायत किटाणु हरू बढेको ले विभिन्न रोग बढ्न सक्ने बिषयलाई मध्येनजर गरि यथासिघ्र किटनाषक औषधी स्प्रे गरिदिन नगर उप प्रमुख रानाले सुगर मिल सञ्चालक लाई निर्देशन गर्नुभएको हो ।
मिल संग जोडिएका बस्तिहरू पुनर्वास वडा नम्बर २ दशरथ बस्ति , ईटाभट्टि गाउँ , वडा नम्बर ५ सिमरि , रातो ताल गाउँ , उदरी गाउँ र पराशन गाउमा किटनाषक औषधी छर्किनु पर्ने र सो को अनुगमन नगरपालिका कर्मचारी एंब स्थानीय जनप्रतिनिधि ले गर्नुपर्ने सहमति भएको छ ।
सुगरमिलको फोहोरमैला बाट प्रभावित स्थानीयले गत फागुन २ गते पुनर्वास नगरपालिका लाई ज्ञापनपत्र पेश गरेपछि उप मेयर भुलिया कुमारी रानाको अगुवाइमा नगरपालिका प्रशासन , जनप्रतिनिधि , पत्रकार लगायतको टोलिले भागेश्वर सुगर मिल अनुगमन गर्दै मिल सञ्चालक संग अन्तरक्रिया गरेको थियोे भने सुगरमिल सञ्चालन गर्दा मापदण्ड पालना गरिनुपर्ने सहमति भएको थियो ।
बुधबार भएको छलफलमा पुनर्वास नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम धामि , पुनर्वास नगर स्तरीय भलमन्साह सुमन चौधरी , भलमन्साह नाथोराम राना पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post