सनिवार बेलडाँडीमा नि:शुल्क अाँखा शिविर सम्पन्न, ३ सय ९८ जनाले लिए सेवा

144
VIEWS

बेलडाँडी
बेलडाँडी गाउँपालिका वडा नं.५ मा सनिवार नि:शुल्क अाँखा शिविर सम्पन्न भएको थियो ।

 

वडा कार्यालयको अायोजना, सृजनशील बचत तथा ऋण सहकारी संस्था र च्यारेटी हेल्थ फाउन्डेसन धनगढीको सहयोगमा १ दिने नि:शुल्क अाँखा शिविर बैजनाथ मावि झिलमिलाको प्राङ्गणमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा ३ सय ९८ जनाले सेवा लिएको वडा नं ५ कार्यालयले जनाएको छ ।

वडाध्यक्ष इन्द्र खडकाका अनुसार बेलडाँडीका अाम अाँखा समस्यामा परेकाहरूलाई राहतका लागि शिविरको माध्यमबाट सेवा दिएको बताए । उनका अनुसार ६४ जनालाई चस्मा र ४७ जनालाई अप्रेसनका लागि सोमवार धनगढी नेत्रालय पठाउने व्यवस्था समेत वडा कार्यालयले मिलाइएको जनाए ।

उक्त शिविरमा धनगढी नेत्रालयका साहयक डाक्टर पुजन चापागाईं र अरुण चौधरीले आँखाको चेक जाँच गरेका थिए ।

गाउँमै सेवा लिन पाएकोले स्थानीय हर्षित भएका थिए ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार