लालझाडीमा नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम लागू

123
VIEWS

बेलडाँडी,
लालझाडी गाउँपालिकामा ‘नागरिकसंग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रम लागू भएको छ ।

लालझाडी वासीको स्वास्थ्यलाई मध्यनजर गर्दै यो कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।

गाउँबासीहरूको स्वास्थ्य अवस्थाबारे बुझ्न र रोगको पहिचान गरी उपचार योजना बनाउन गाउँपालिकाले ‘नागरिकसंग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रमको सुरुवात गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी गराउनु भयो ।

 

आइतबार शुभारम्भ गरिएको ‘नागरिकसंग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत अब सबै वडाहरूमा नागरिकको घर दैलोमै गई सेवा प्रवाह गरिने पालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले बताउनु भयो ।

कार्यक्रमबाट लक्षित वर्गका नागरिकसम्म स्वास्थ्य सेवा सहज तरिकाले पु¥याउने उद्देश्यकासाथ उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, महिलाको आङ खस्ने समस्या, मिर्गौला पीडित, क्यान्सर र अन्य दीर्घ रोगी लगायतको खोज पड्ताल गरी जानकारी लिने र उपचार योजना बनाइने संयोजक चौधरीले बताउनु भएको छ ।

स्वास्थ्यकर्मी सहितको टोली घर दैलोमा गई स्वास्थ्य चेकजाँच र आवश्यक परामर्शमा केन्द्रित हुने बताइएको छ ।

शुभारम्भका क्रममा कार्यक्रममा सहभागीहरूको उच्च रक्तचाप र मधुमेहका लागि रगत जाँच गरिएको थियो ।

कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट लगायतका कर्मचारी, स्वास्थ्यकर्मीहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियोे ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार