बेलडाँडीको कबर्ड हलको उचाइ कमहुदा ब्याडमिन्टन खेलाडीहरु समस्यामा

279
VIEWS

बेलडाँडी,
बेलडाँडीको कबर्ड हलको उचाइ र पुर्ण निर्माण नहुँदा ब्याडमिन्टन खेलाडी समस्या परेका छन् ।

बेलडाँडीमा ब्याडमिन्टन खेलप्रति युवा तथा बैस्क आकर्षित हुँदै गएपनि बेलडाँडीको कबर्ड हल पुर्णरूले निर्माण हुन नसक्दा ब्याडमिन्टन खेलको विकास हुन सकेको छैन ।

ब्याडमिन्टन खेल खेल्दा सामान्य कबर्ड हलको उचाई २८ फिट हुनुपर्ने भए पनि बेलडाँडीमा बनेको हलको छत कर्क लाग्ने गरेको खेलाडीहरू बताउछन् ।

प्रयाप्त मात्रामा हलको उचाई नहुदा ब्याडमिन्टन खेलाडी हैरान भएको बेलडाँडीका ब्याडमिन्टन खेलाडी यज्ञराज भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार हल निमार्ण गर्दा पालिकाले हलको उचाइमा लापरबाही गरेर उचाइ घटाई दिएको अारोप लगाए ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले अपुरो कबर्ड हललाई पुर्णता दिईने बताएका छन् । पालिकाको एकमात्र कबर्ड हल निमार्णमा प्राविधिक समस्याका कारण उचाइ कम भएको हुन सक्ने जनाए । कबर्ड हलको उचित उचाइका लागि तुरून्त इन्जिनियरलाई देखाई उचाई बढाईने वहाले वचन दिनु भयो ।

शारीरिक व्यायाम गर्नु स्वास्थ्यका लागि अति आवश्यक कुरा हो । स्वस्थ रहन र शरीरलाई फिट तथा दुरुस्त राख्नका लागि मानिसहरू अनेकौं उपाय अपनाउने गर्छन् । जस्तै खानामा मुख बार्ने, जिम जाने, योगा गर्ने आदि । स्वस्थ आहार खाएर मात्र हामी निरोगी हुन्छौं भन्ने हुँदैन, स्वस्थ रहनका लागि व्यायाम गर्नु पनि अति आवश्यक भएकाले युवा देखि बैस्क ब्याडमिन्टन खेल प्रति अाक्रसित बन्दै गएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार