महिला संघ क्रान्तिकारी कञ्चनपुरको संयोजकमा शाही

186
VIEWS

कञ्चनपुर,
अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरको संयोजकमा शान्ति शाही चयन भएकी छिन ।

सोमबार बेलौरीको सोभातालमा सम्पन्न भएको नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरको संयोजकमा शाही चयन भएकी हुन ।

नेकपा माओवादी केन्द्रकी नेतृ माया नेगीले अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरको दोस्रो जिल्ला अधिवेशनबाट शान्ति शाहीको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला कार्य समिति विस्तार गरिएको बताईन ।

महिला नेतृ नेगीका अनुसार सह संयोजक मञ्जु शाही, सचिव द्वारिका कुँवर सहितका पदाधिकारी सदस्य चयन भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सुदूरपश्चिम इन्चार्ज रेनु चन्दले ग्रामिण भेगका शोषण उत्पिडनमा परेमा महिलाको उद्दारका लागि काम गर्न आब्हान गरेकी छिन ।

कार्यक्रममा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) नगर, जिल्ला, प्रदेश केन्दका नेता कार्यकर्ता पार्टी नेताको सहभागिता रहेको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार