एमाले पुनर्वासका नेता गजुरेल बने, राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सभापति

95
VIEWS

धन ब. विक/कञ्चनपुर,
पुर्व पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढिरहेका बेला ठुला दलका नेता कार्यकर्ता समेत सो पाटीमा प्रवेस गर्दै नेतृत्व गरिरहेका छन ।

उप निर्वाचनमा अनपेक्षित जनमत पाएसंगै देशैभरी रास्वपाको आकर्षण बढिरहेका बेला कञ्चनपुरको पुनर्वासमा ठुला पार्टीका नेता कार्यकर्ता समेत पाटी परित्याग गर्दै रास्वपामा प्रवेस गरिरहेका छन ।

प्रवेस मात्रै होईन पार्टीको नेतृत्व पदाधिकारी र सदस्यमा जिम्मेबारी दिईरहेका छन । यस्तै एमाले पुनर्वासका युवा नेता सुरेश गजुरेलले एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगरको सभापतिमा सुरेश गजुरेल चयन भएका छन ।

सोमबार आईबिआरडीमा सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगरको प्रथम भेलाबाट नगर सभापतिमा गजुरेल चयन भएका हुन । उनले एमालेले आफुहरुलाई जिवनभर प्रयोग गरेको भन्दै एमाले परित्याग गरेर रास्वपातिरै लागेका छन ।

उप सभापति नरेश ब. चतन्द, कोषाध्यक्ष कृष्णकान्त पौडेल, सचिव तेज ब. चन्द, सदस्य रुपाजैसी अर्याल, सोना मिजार, ईन्द्र विश्वकर्मा, कृष्ण नाथ, चेतनाथ खतिवडा, सुरेन्द्र पौडेल, गम्भिर खडका रहेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगरको नव चयन भएको पार्टीका पदाधिकारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र सिह महताले भुईमान्छे गरिब विपन्नताको पक्षमा काम गर्दै भ्रष्टचार बिरुद्धमा पहाड भएर उत्रिन निर्देशन लिएका छन ।

अरुलाई दोष देखाएर होईन आफैभित्र भएका केही समस्या हटाउँदै जनताको हितमा काम गर्न समेत निर्देशन दिएका छन । कार्यक्रममा प्रदेश इन्चार्ज महता सहित प्रदेश महामन्त्री भोजराज जोशी(क्वालिटी), गुनासो विभाग सदस्य नरेन्द्र चन्द, जिल्ला अध्यक्ष पदम विष्ट, नेता झंकर राज जोशी सहित सहभागि रहेको थिए ।

रास्वपाले पुनर्वास पालिका समिति चयनसंगै जिल्लाभरीका सबै पालिकामा संगठन विस्तार गरेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार