बेलडाँडी,
दिवान सिह बिष्ट कञ्चनपुरको राजनीतिमा चर्चित नाम हो । बेलौरी नगरपालिका ६ दुम्ली निवासी बिष्ट बिकास प्रेमी नेता मात्र होईनन, जनताको सुखदुःख संगै हातेमालो गरी अगाडि बढ्ने समाजवेसीका रुपमा परिचित छन् ।

०७० सालको संविधान सभा सदस्य निर्वाचनमा बिजय भएसङ्गै कञ्चनपुर क्षेत्र नम्बर १ को मुहारमा उज्यालो ल्याउने सफल नेता हुन बिष्ट ।
निर्वाचित भएपछि निरन्तर क्षेत्रमा आउने जानेदेखि जनतासंग अन्तरकृया गर्ने अहिले सम्मकै पहिलो नम्बरका लोकप्रिय नेताकै रुपमा परिचित भएका छन ।
संविधान निर्माण संगै अाफ्नो क्षेत्रको दोदा नदीसहित ७ वटा पुल, ६२ किलोमीटर हुलाकी सडक निर्माण कार्य, बेलौरी कलुवापुर सडक निर्माणका लागि बजेट बिनियोजन गरेका थिए ।
त्यस्तै, नापी,मालपोत कार्यालय बेलौरीमा स्थापना, रानाथारु सङ्ह्रालय निर्माणका लागि बजेट बिनियोजन, १७ ओटा खानेपानीका योजना तथा अन्य बिकास निर्माणका योजनाहरुमा समेत बजेट बिनियोजन गरी योजना कार्यान्वयनमा ल्याउने एक चर्चित नेताका रूपमा स्थापित छन् ।
पञ्चायतकालिन समयदेखि विद्यार्थी राजनीतिमा होमिएका बिष्ट नेपाली काँग्रेसको झण्डै साढे चार दशक सकृय राजनीतिमा होमिएका उनी अहिले सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन ।
नेवि संघबाट राजनीतिक शुरुवात गरेका बिष्ट ०३५सालमा बेलौरीको चर्चित महाकाली माध्यामिक विद्यालयमा नेवि संघ इकाई अध्यक्ष भएर काम गरेका थिए । देशमा भएका ठुल ठुला परिर्वतन एवं आन्दोलनमा प्रत्यक्ष सहभागि भएका बिष्टमाथि राज्यबाट गिरफ्तारदेखि झुटा मुद्दा लगाउने काम भए ।
०३६ जनमत संग्रह, ०४२मा बहुदल निर्दल, ०४६मा प्रजातन्त्र पुर्नस्थापनाका लागि आन्दोलन र ०६२/०६३मा राजतन्त्रको हटाउनेदेखि गणतन्त्र पुर्नस्थापनाका लागि भएका आन्दोलनमा प्रत्यक्ष सहभागि भएका विष्ट पटक पटक गिरफ्तारदेखि घाईते भएका थिए ।
०५१ मा नेपाली काँग्रेस क्षेत्र नम्बर १का क्षेत्रीय सभापति भए, ०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधी र हालसम्म महाधिवेशन प्रतिनिधी रहेका छन । गत बर्ष सम्पन्न भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा बिष्ट केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । केही मतले मात्रै उनी पराजित भए ।
०६३सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुर्नस्थापनका लागि आरक्षपीडित आयोगका अध्यक्ष भएका विष्टले २ हजार ५सय ८६ परिवारको पहिचान गरेका थिए । विष्ट नेतृत्वको आयोगले हरेक आरक्षपीडितका लागि १० कट्टाका दरले जमिन र घर निर्माणका लागि प्रस्ताव अघि सारेर सरकारलाई प्रतिवेदन बुझाएका थिए । ‘हामीले १४ सय विगाह जमिन आरक्षपीडितका लागि खोजेर समेत सरकारलाई प्रतिवेदन बुझाएका थिए, ‘दिवान सिह विष्टले भने, ‘पछि त्यो प्रतिवेदन अर्को सरकार आएपछि कार्यान्वयन भएन ।’
०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र १बाट निर्वाचित बिष्टले उक्त क्षेत्रको विकास निर्माणका लागि थुप्रै पूर्वाधारका कार्यक्रम अघि बढाएका थिए । संसद हुँदा अन्तर्राष्ट्रिय समिति सदस्य भई महत्वपूर्ण जिम्मेबारी निर्वाह गरेका बिष्टले क्षेत्रको विकास निर्माणका लागि समेत काम गरेका थिए ।
बिष्टले विगतमा संसद भएका बेला क्षेत्रमा हालेका योजना पुरा गर्ने पहिलो एजेण्डा अघि सारे अनुरूप काम गरिरहेका छन् । ‘मैले यस अघि संसद हुँदा क्षेत्रको विकासका र सम्बृद्धिका लागि पठाएका योजना कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गारएको छु, ‘उनले भने, ‘विगतका अधुरा योजना अघि बढाउनुका साथै नयाँ योजना समेत कार्यान्वयनमा लाएको जनाए ।’
कृषकका लागि बेलौरी, बेलडाँडीमा कोल्ड स्टोर स्थापना गर्ने, बेलौरी–बेलडाँडीको सीमा समस्यमा समाधान गर्ने, हुलाकी सडक विस्तार गर्ने, बेलडाँडी बेलौरी जोड्ने छुट्टाछुट्टै सडक सञ्जाल विस्तार गर्ने, बेलौरीमा स्मार्ट सिटी निर्माण गर्ने, ढल निर्माण गर्ने, बेलौरीको छोटी भन्सार पुर्नस्थापना गर्दै स्तर बृद्धि गर्ने, क्षेत्रका ऐतिहासिक प्राकृतिक ताल, तलैया, मठमन्दिर धार्मिक क्षेत्रको प्रर्बद्धन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने चुनावी एजेन्डालाई कार्यान्वयनमा ल्याउन अाफु निरन्तर लागि परेको बताए ।
‘उनले बेलौरी बेलडाँडी क्षेत्रका ठुल ठुला ताल पुरैना, बन्दा, कालिकिच, शोभा तालमा भ्यू टाउर निर्माण गरी ‘एकातिर तालको संरक्षण अर्कातिर पर्यटन प्रर्बद्धनका एजेण्डा चुनवी दाैरानका बेला अघि सारेका थिए ।’ क्षेत्रको शैक्षिक स्तर बृद्धिका लागि यस क्षेत्रमा रहेका सामुदायिक विद्यालय एव क्याम्पसको स्तर बृद्धि गर्ने, प्राविधिक शिक्षालय विस्तार गर्ने एजेण्डा समेत अघि सारेका थिए ।
‘नदी कटानीले क्षेत्रमा उर्बराजमिन कटानी गरिरहेकाले चौधर, झर्नाखोला सहितका ठुला साना नदीखोला नाला नियन्त्रण गर्दै कृषियोग्य जमिन सुरक्षित गर्छु, ‘बिष्टले भनेका थिए, ‘यो क्षेत्रमा किसानका अथाह समस्या छन, समाधान गर्छु ।’
निकुञ्ज र बन क्षेत्रमा बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका लागि मेसवायर निर्माण गर्दै मानव र बन्यजन्तुको द्वन्द्व नियन्त्रण गर्ने, युवा शक्ति विदेश पलायनबाट रोक्न उद्योग स्थापना गराउने पहल गर्ने एजेण्डा अनुरूप सरकारको ध्यानाकर्षण गराउन लागेको उहाँले बताउनु भयो । बेलौरी बेलडाँडीका जनताको उच्च स्वास्थ्य सुविधाका लागि बेलडाँडी, बेलौरीका अस्पतालका साथै मृगौला उपचार केन्द्र निर्माण गर्नका लागि पहल गर्ने समेत वहाले बताउनु भयो ।
बिष्टले चुनावका बेला जनता माझ गरेका प्रतिबद्धता केही पूरा गरेको र बाकी पूरा गर्न अाफु निरन्तर लागि परेको समेत जनाउनु भयो । ” जनतामाझ गरेका प्रतिबद्धता पूरा गराएरै छोड्ने बताउनु भयो ।” राजनिती गर्नु भनेको जनताको सेवा गर्ने हो र निरन्तर सेवामा लागि राखेको छु उहाँले भन्नू भयो ।

Discussion about this post