प्रकाश भट्ट/कञ्चनपुर -
जिल्लाको वेदकोट नगरपालिका ४ बैतडा स्थित रहेको सुदूरपश्चिम नमूना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा समुद्घाटन समारोह सम्पन्न भएको छ्।
संस्थाका अध्यक्ष नरेन्द्र बहादुर चन्दको सभापतित्व तथा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
शुक्रवार वेदकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहरा, वेदकोट नगरपालिका कार्यपालिका सदस्य हिरा देवी अवस्थी, कार्यपालिका सदस्य कृष्ण भुल, कार्यपालिका सदस्य उमापति भट्ट, वडा सदस्य हरेन्द्र बोहरा, बैतडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तोय राज अवस्थी, समाजसेवी तथा कलाकार भोजराज जोशी (क्वालीटी), संस्थाका जमिनदाता शिवराज भट्ट तथा जानकी भट्ट लगायतको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा साना किसान कृषि सहकारी संस्था सुडाका उपाध्यक्ष देवराज जोशी, बैतडा विद्युत सहकारी संस्थाका अध्यक्ष डम्मर राज जोशी, बैतडा कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धुर्व राज जोशी लगायत संस्थामा कार्यरत कर्मचारी, पूर्व जनप्रतिनिधि तथा शेयर सदस्य सदस्यहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वेदकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहराले सहकारी संस्थालाई आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता गरेका छन् भने प्रमुख अतिथि नगर प्रमुख भोजराज बोहराले अव सहकारीहरूले परम्परागत रुपमा खेती गर्दै आइरहेका कृषि बालिहरुलाई समेत जगेर्ना गरी कृषि कार्यमा नयाँ थप ऊर्जाका साथ अगाडि बढ्ने छ भन्ने कुरामा पूर्णरुपले विश्वस्त रहेको बताए ।
उक्त कार्यक्रममा चर्चित देउडा गायक जे आर भट्ट, डान्सर दुर्गा भट्ट, हास्य कलाकार डि आर भट्ट तथा चर्चित गजलकार अमृत नाथ नाथले आफ्नो प्रस्तुति राखेर दर्शकहरूको मनोरञ्जन गरेको संस्थाका अध्यक्ष चन्दले बताए।
उक्त सहकारी संस्थाका व्यवस्थापक जानकी चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा लेखा समिति संयोजक यशोदा चन्दले स्वागत मन्तव्य तथा आयव्यय प्रतिवेदन पेश गरेको समेत उनले बताए।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष चन्दले सहकारीको प्रगति तथा स्तर उन्नतिका कार्यहरूमा सदैव तत्पर रहने बताए।
Discussion about this post