दोधारा ड्युटीमा रहेका बिअोपी प्रमुम माथी अराजक समुहद्वारा खुकुरी प्रहार

58
VIEWS

दोधारा,
कञ्चनपुरको दोधाराचाँदनी ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सई माथि खुकुरी प्रहार भएको छ ।

गए राति दोधाराचाँदनी नगरपालिका वडा नम्बर ७ कन्चनभोजमा ड्युटीमा रहेका कञ्चनभोज बिओपीका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र चैसिरमाथि अराजक समुहले खुकुरी प्रहार गरेको हो ।

राति करिब १० बजेपछिको समयमा झोलुङ्गे पुलमा बसिरहेका युवाहरूलाई राति राति यसरी घुमफिर नगर्न र आआफ्नो घर जान भनेको सशस्त्र प्रहरीको गस्ती टोलीलाई त्यो समुहले खुकुरी प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
राति नघुम्न अाग्रह गरेको गस्ती टोली अलि पर पुग्दा सोही समुहका एक जना रोहन बयकले खुकुरी प्रहार गरेको जनाईएको छ ।

सशस्त्र प्रहरीका सई नरेन्द्र चैसिरको हातमा चोट लागेको छ भने आक्रमणकारी गिरोह फरार रहेको बताइएको छ । नेपाल प्रहरी समेतको सहयोगमा आक्रमणकारीको खोजी गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा लागू औषध ओसारपसार र चोरी तस्करी नियन्त्रणका लागि खटिएको सुरक्षा निकायमाथि बेलाबेलामा प्रहार हुने गरेको छ ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार