बेलडाँडी निजि श्रोतमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकका समस्या बुझ्दै प्रदेश सभा सदस्य बिष्ट

425
VIEWS

बेलडाँडी,
शिक्षक र मैनबत्ती एकै हुन् । मैनबत्तीले जस्तै शिक्षकले पनि आफूलाई अन्धकारमा राखी अरुलाई ज्ञानको प्रकाश छर्ने कार्य गर्दछन् ।

यो भनाई शैक्षिक क्षेत्रमा जति प्रचलित छ, त्यति नै वास्तविक पनि यस भनाईलाई निजी शिक्षकको आँखीझ्यालबाट चिहाउने हो भने त अवस्था अरु दयनीय रहेको छ । सरकारी पक्षबाट सधैँ उपेक्षामा परेको क्षेत्र भनेर किटान गर्दा पक्कै पनि फरक नहोला ।

शिक्षकहरुको कडा परिश्रमकै बाबजुत एसईई लगायतका परीक्षामा विद्यार्थीहरुले उत्कृष्ट नजिता पाउने सफल भइरहेका छन् । समग्रमाभन्दा निजी शिक्षकहरुको नेपाली शैक्षिक जगतमा अतुलनीय योगदान रहेको छ ।

यति धेरै योगदान पु¥याउँदै आएता पनि सरकारद्वारा किन उपेक्षा गरिन्छ भनेर विकास प्रेमी नेता संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट बेलडाँडीका १४ सामुदायिक विद्यालयमा कार्यरत निजि शिक्षकहरुका समस्या बुझन बेलडाँडी पुगेका छन् ।

विगतदेखि नै सामुदायिक विद्यालयमा कार्यरत् निजी श्रोतका शिक्षकहरु विभिन्न समस्या र चुनौतीको बारेमा उनलाई बेलडाँडी पालिका प्रमुख हरिशचन्द्र रानाद्धारा रिपोर्टिङ भए पश्यात उनीले समस्यामा चासो देखाएको पालिका प्रमुख रानाका सचिव कुलैराज उपाध्यायले जानकारी गराउनु भयो । उहाँका अनुसार उनीहरुका विभिन्न समस्याका बारेमा प्रदेश हुदै केन्द्र सरकार माझ पेसगर्दै समस्या समाधान गरिने बताए ।

छलफलमा प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, निजी श्रोतका शिक्षकहरु, पालिका प्रमुख हरिशचन्द्र राना, बेलडाँडी गाउँपालिका प्रवक्ता गज बहादुर बिष्ट, वडाध्यक्षहरु, युवा नेता हर्क देव जोशी लगायकाहरुको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार