बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष थापाको निधनमा पालिकाको शोक विदा दिने तयारी, यस्तो छ थापाको इतिहास्

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको आज विहान करिब ५ बजे तिर नलमा चिप्लेर निधन भएको खवर पाउदा साथ बेलडाँडी प्रमुख हरिशचन्द्र राना गाउँपालिका पुगेका छन् ।

 

निवर्तमान पालिका प्रमुखको दुःखद निधनमा पालिकाले एक दिन शोक विदा गर्ने तयारीका लागि अहिले आकस्मिक कार्यपालिकाको बैठक बोलाएको पालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँले भने २/२ पटक पालिका चलाएका यस पालिकामा वहाँको महत्वपुर्ण योगदान रहेकाले पालिकाले स्थानीय शोक विदा दिने तयारी गरेको वहाँले बताए । विदा आज या भोली दिने लगायत विषयमा छलफल हुने वहाँले जनाए ।

आज विहान करिब ५ बजेको समय तिर नलमा लडेकै अवस्थामा मृत फेला परेका परिवारजनले जनाएका छन् । खोकी लागेपछि पानीको कुल्लाह हाल्नको लागि गएका बेला लडेर मृत्यु भएको परिवारजनले जनाएका छन् ।

यस्तो छ उनको इतिहास

कर्णाली प्रदेशको जाजरकोटबाट २०२९ मा तराई झर्दा धन बहादुर थापा क्षेत्री २२ वर्षका थिए । त्यस अघि केही सयम उनी जाजरकोट प्रशासन कार्यालयमा वैदार भएका थिए । तराई झरेपछि उनको परिवार महाकाली नदी पारी चाँदनीमा बस्यो । सात वर्ष चाँदनी बस्दा उनी राजनीति नजिक हुन पुगे ।

त्यहींको राजनीतिक लगावले अन्ततः थापा राजनीतिमा सक्रिय भए । राजनीतिका विभिन्न कालखण्ड पार गरी उनी दुई पटक स्थानीय सरकार प्रमुख बनेका थिए । ७४ वर्ष पुगेका थापाले बेलडाँडी गाउँपालिकाको नेतृत्व दुई-दुई पटक सम्हालि सकेका थिए । उनी जाजरकोटबाट आएर दोधारा चाँदनी बस्ने बेला देखि राजनीतिमा जोडिएका थिए ।, उनको चाँदनीमा त्यहीं ६/७ महिना बसेर बेलडाँडी बसाईसराई भयौ, त्यहाँबाट आएर पनि राजनीतिलाई निरन्तरता दिई रहे ।’

अहिले दोधारा चाँदनी नगरपालिका वडा नं. १ पर्ने थापाको गाउँका वासिन्दालाई बेलडाँडी गाउँपञ्चायतको ९ नम्बर वडामा सट्टाभर्ना गरिएको थियो । बेलडाँडी आएपछि थापाले थप राजनीति अघि बढाए । २०३८ मा पञ्चायतको राष्ट्रिय चुनावमा लडे । त्यति बेला उनी बीर बहादुर विष्टसित पराजित भए । बेलडाँडी गाउँ विकास समितिको अध्यक्षमा विष्ट थापाकै प्रतिस्पर्धी थिए ।

थापाले चु्नाव जितेर राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्टलाई समेत एमाले प्रवेश गराए । विष्टले थापालाई एमाले प्रवेश गर्न अघि दुई पटक चुनाव हराएका थिए । २०४३ मा पनि थापा विष्टका प्रतिस्पर्धी थिए । विष्टले जितेको चुनावमा थापा र काँग्रेसका नेता चन्द्र बहादुर सिह उनका प्रतिस्पर्धी थिए । उनी पहिलो पटक पनि हारेको थिए, दोस्रोमा चुनाव लडे, तेस्रो भए ।’

त्यस बेला अहिलेको बेलडाँडी गाउँपालिका रामपुर विलासीपुरको ८ नम्बर वडा थियो । २०५४ मा चुनाव जित्न अघिसम्म उनी लागतार चुनाव लडि रहे । २०४६ मा बहुदल आएपछि तीन वर्ष पछि २०४९ मा स्थानीय निकायको निर्वाचन भयो । थापा फेरि बेलडाँडी गाविसको अध्यक्षमा चुनाव लडे । त्यसमा चुनावमा पनि उनलाई सफलता मिलेन । पञ्चायती चुनावका प्रतिस्पर्धी काँग्रेसका नेता चन्द्र बहादुर सिह निर्वाचित भए ।

उनी २ सय ८ मतले सिंहसित चुनाव हारे । त्यस बेला सिह, थापा र विष्ट तीन जना चुनाव लडेका थिए । चुनावबाट थापाको अवस्था बलियो भएको थियो । उनी तेस्रो नम्बरबाट दोस्रो स्थानमा पुगे । ‘तीन जना पञ्चायदेखि चुनाव लड्दै आएका थापा, २०४९ सम्म नै प्रतिस्पर्धी थिए’ ‘पञ्चायतमा चुनाव जित्न सकिएन, २०४९ पनि पोजिसिन सुधार भयो ।

चुनाव जित्ने लक्ष्यका साथ थापा पाँच वर्षपछि फेरि २०५४ को निर्वाचनमा उम्मेदवार भए । त्यसमा निर्वाचनमा उनी निर्वाचित मात्रै भएनन्, पञ्चायतकालिन प्रतिस्पर्धी बीर बहादुर विष्टलाई नै आफ्नो पार्टीमा ल्याए । २०५४ को निर्वाचनमा उनले अघिल्लो निर्वाचनका विजेता सिहलाई ६ सय ८ मतले पराजित गरे । उनी तत्कालिन एमालेबाट चुनाव लडेका थिए ।

२०५४ बाट बेलडाँडीमा २०३८ देखिको तीन नेताबीचको त्रिकोणीय प्रतिस्पर्धा अन्त्य भयो । राप्रपा नेता विष्ट एमाले भएपछि काँग्रेसका सिह र थापा मात्रै राजनीतिक प्रतिस्पर्धी बचे । नयाँ संविधान अनुसारको २०७४ मा उनीहरु दुई राजनीतिक प्रतिस्पर्धीका रुपमा फेरि चुनावी मैदानमा देखिए । थापाले २० वर्षपछि फेरि सिहलाई चुनावमा हराएका थिए ।

२०५४ मा अध्यक्षलाई नागरिकता सिफारिश गर्ने नै प्रमुख काम मान्ने गरिएको थियो । अहिले त्यो सबै काम वडा अध्यक्षलाई दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा जग्गा व्यवस्थापन थापाको प्रमुख चुनावी एजेण्डा थियो । ‘गाउँपालिकाका सबैभन्दा बढी समस्या नै जग्गाधनी पूर्जा नहुनु हो ।

बेलडाँडी गाउँपालिकामा थापाको पालामा भूमि सम्बन्धी समस्या समाधान समितिले कार्य अघि बढाएको थियो । निवर्तमान अध्यक्ष थापाले गाउँपालिकाका विकास निर्माणसंगै पर्यटनका पूर्वाधार निर्माण, सिँचाई, स्वास्थ्य, शिक्षा लगायतका सबै क्षेत्रलाई अघि बढाएका थिए । बेलडाँडी गाउँपालिका २ नम्बर वडाका वासिन्दा थापाका दुई छोरा छन् । दुबै छोराहरु शिक्षण पेशमा छन् ।

जनताको सेवा गर्ने लक्ष्य लिएर राजनीतिमा अघि बढेका थापा पछिल्लो समयमा क्यान्सर रोग पिडित बनेका थिए । राजनीतिलाई सेवाका रुपमा अघि बढाउँदा जनताले विश्वास गरेका थापा आज यो संसारबाट अस्थाएका छन् । यति बेला बेलडाँडी गाउँपालिका शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित