थापाको निधनमा आज बेलडाँडीमा शोक विदा

217
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको आइतवार विहान असामायिक निधन प्रति पालिकाले आजै शोक विदा दिने निर्णय गरेको छ ।

 

पालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएको हो । उपर्युक्त सम्बन्धमा यस बेलडाँडी गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष श्री धन बहादुर थापा क्षेत्रीको मिति २०८०/०१/२४ गते असामायिक निधन भएको हुँदा सिंगो बेलडाँडी गाउँपालिका मर्माहत र स्तब्ध भएको छ ।

पीडाको यस क्षणमा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली एवं शोक संतप्त परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्दै गाउँपालिकाको विकास र उन्नतिमा वहाँले आफ्नो कार्यकालमा पुर्याउनु भएको उल्लेखनीय योगदानको स्मरण गर्दै यहाँको सम्मान एवं सम्झनामा यस गाउँपालिकाको कार्यालाय तथा मातहतका सबै कार्यालयहरूमा आज मिति २०८०/०१/२४ गते आईतबारका दिन शोक बिदा दिने निर्णय भएको व्यहोरा आदरणीय गाउँवासीहरू तथा सम्बन्धीत सबैमा जानकारीका लागि यो सूचना गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको हस्ताक्षरमा प्रकाशित गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार