बेलडाँडी,
बेलडाँडी गाउँपालिका निवर्तमान अध्यक्ष तथा गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर थापाका पुजनीय पिताको आइतवार विहान असामायिक निधन प्रति नेपाल शिक्षक संघ बेलडाँडीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपाल शिक्षक संघ बेलडाँडी परिवारले एक नोटिस जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । संघले जारी गरेको विज्ञप्ती यस्तो छ श्री गणेश मा.वि. भुर्षा, मोहनपुर, बेलडाँडी –५, कञ्चनपुरका प्र.अ. श्री जनक बहादुर थापाका पूजनीय पिता तथा बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापाको असामयिक निधनले नेपाल शिक्षक संघ बेलडाँडी परिवार स्तब्ध भएको छ ।
यस दुःखद घडीमा नेपाल शिक्षक संघ बेलडाँडी परिवारको तर्फवाट गहिरो शोकसहित मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकको यस घडीमा शोकाकुल परिवार, आफन्तजन एवम् शुभेच्छुकमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि ईश्वरसँग प्रार्थना गर्दछौँ ।
Discussion about this post