एमाले प्रदेश सदस्य तथा बेलडाँडी गाउँपालिका निवर्तमान अध्यक्ष थापाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

121
VIEWS

बेलडाँडी,

नेकपा एमाले बेलडाँडी गाउँकमिटी इन्चार्जले पार्टी प्रदेश सदस्य तथा बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

मृत थापाको घरमै एमालेका नेता कार्यकर्ताहरुले पार्टीको झण्डा ओडाएर शोक व्यक्त गरेका हुन ।

 

एमाले बेलडाँडीका नेता अक्कल बहादुर बिष्टले बेलडाँडीका एक होनोहार नेताको निधनले सिंगो पार्टी र बेलडाँडीलाई नै क्षती पुगेकोे उल्लेख गरेका छन ्। बिष्टले मृतकका परिवार,आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट उनी गाउँपालिका अध्यक्षमा विजय भएका थिए ।

केही दिन अघि देखि विरामी देखिएका थापा आज विहान एक्कासी नलमा लडेको अवस्थामा फेला परेका थिए । उनको पार्थिव शरिरमा पार्टीका नेताहरूले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार